Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठस्वास्थ्यगेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने


कञ्चनपुर । नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले गेटामा प्रतिष्ठान नभएर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए । गृहजिल्ला कञ्चनपुर क्षेत्र नं २ कांग्रेसका नेताहरुसँग आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने स्पष्ट पारेका हुन् ।

प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेता मन्त्री साउदलाई भेट्न आएको र मन्त्री साउदले प्रतिष्ठान नभएर मेडिकल विश्वविद्यालय नै बन्छ, यसमा सरकार प्रतिबद्ध रहेको बताएको उनका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको बताएका हुन् । मन्त्रिपरिषद्बाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसद्मा पठाउने निर्णय भइसकेको छ । प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

चितवन । सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई

प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी

स्तन क्यान्सरको बहिरङ्ग सेवा निः शुल्क

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निः शुल्क गरिएको छ ।

खैरहनी नगरपालिकाले ल्यायो गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्मको निःशुल्क सेवा

चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने

धौलागिरि अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी

Techie IT