हिन्दू राष्ट्र घाेषणाका लागि फागुन ७ देखि जनसङ्घर्ष : कमल थापा

फाइल फाेटाे

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् । 

 

मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार गरेको बताए ।

 

सरकारको नौ महिनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनले धारणा थियो । 

 

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले जानकारी दिए । 

 

उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुने बताए । जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए । 


थप समाचार

गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु गरिने

  • 3 minutes ago
गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न,  लाइटिङ र मार्किङको काम सुरु गरिने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अध

तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

  • 6 minutes ago
तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

काठमाडौं । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ ।

तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति

  • 9 minutes ago
तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।