IIMS College

ISMT

HUB Education

सडकमा मागेर नबस्न कामपाको अनुरोध

  • शनिबार, १२ पुष, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ । कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर अभियान थालेका हो ।

 

कार्यक्रमको पहिलो दिन नयाँ सडकस्थित सङ्कटा मन्दिर, महाङ्काल मन्दिर, भद्रकाली मन्दिरलगायत आसपास क्षेत्रमा माग्न बसेकालाई भेटेर यसरी मागेर नबस्न आग्रह गरेको हो । “सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकविहीन र सडक आश्रित मानिसको पहिचान गर्न सहज होस् भन्नका लागि सात दिने सचेतनामूलक कार्यक्रम चलाएका हौँ”, अभियानका क्रममा महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले बताए । 

 

ती सार्वजनिकस्थलमा दृष्टिविहीनहरु, बिरामीको उपचारका लागि सहयोग माग्ने, महिलासँगै बालबालिका, अपाङ्गता भएका व्यक्ति माग्न बसेका भेटिए । अभियानका क्रममा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवर, प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहभागी थिए ।   

 

कामपाले गत मङ्सिर २९ गतेदेखि बेसहारा मानव मुक्त शहर बनाउनका लागि सक्रिय रुपमा लागि परेको छ । सडकमा नै मागेर आफ्नो जीनव बिताउनेलाई उद्धार कार्य पनि कामपाले शुरु गरेको छ । मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा छन् ।

 

सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ । उद्धार गरिएकामा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । 

 

मङ्सिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ । कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ । 

 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताए । उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्बीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिए । 


थप समाचार

सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

  • 4 minutes ago
सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

एजेन्सी । जोर्डनले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई यहाँका वस्तीमा फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अत्यदेखि घोषणा गरेका कफ्र्र्यू आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

  • 10 minutes ago
विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा

अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

  • 17 minutes ago
अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।