केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

  • सोमबार, २४ चैत, २०७६
  • 1 month ago
  • युके

लण्डन । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका छन् । यसअघि पार्टीको नेतामा जेरेमी कोर्बिन रहेका थिए । 

 

गत डिसेम्बरको आमनिर्वाचनमा बोरिस जोन्सनको नेतृत्वमा रहेको कन्जरभेटिभ्स पार्टीले बहुमत ल्याएपछि कोर्बिनले पदबाट राजीनामा दिएका थिए । डिसेम्बरको चुनावमा लेबर पार्टीको हार अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको थियो । 

 

नवनिर्वाचित स्टामर बेलायतका अधिकारवादी वरिष्ट अधिवक्ता रहेका छन् । 

 

उनले शनिबार भएको पार्टीको अन्तिम मतदानमा ५६।२ प्रतिशत मत प्राप्त गरेका थिए। उनलाई रेबेका लङ–बेली र भारतीय मूलका सांसद लिसा नन्दीले चुनौती दिएका थिए । 

 

चुनावमा एन्जेला रेनर स्टामरको उपनेतामा चुनिएका छन् । सुधारवादी मानिने ५७ वर्षीय स्टामरले यसअघि सन् २०१६ मा छायाँ आप्रवास मन्त्रीबाट राजीनामा दिएका छन् । 


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 11 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 21 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 25 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।