आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट लगिन्छ । पदाधिकारी र निर्णायकसमेत गुनासो गरिरहेका भेटिन्छन्, ‘पानी पनि खान पाइएन ।’

 

तुलसीपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रियस्तरको एथलेटिक्स ट्र्याक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा खोज्न भौंतारिँदै थिए । कतै भेटेनन् । गेट नजिकैको सानो चिया पसलमा चाउचाउ साँध्न लगाए ।

 

प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी एउटै थालमा साँधेको चाउचाउ खान व्यस्त थिए । उनीहरू फरक–फरक जिल्लाबाट आएका हुन् । खेलकुदमै हिँड्दाहिँड्दै पछिल्लो समय मिल्ने साथी भएका छन् । त्यसैले उनीहरू एउटै थालमा दिल खोलेर खाँदै थिए । 

 

‘दौडिने खेलाडीले यसरी जथाभावी खान हुन्छ त ?’ एउटीले जवाफ फर्काइन्, ‘भोकले मर्न लागिसकियो । के खानु त अरू ? गुरुहरूले त जथाभावी नखानु भनेको छ नि । भोक लाग्यो क्यारे, खाइयो ।’

 

यो समाचार ध्रुव तुलाधरले कान्तिपुरमा लेखेका छन् ।


थप समाचार

भोलीबाट विदेशमा रहेका नेपालीको उद्धार सुरु हुने

  • 1 minute ago
भोलीबाट विदेशमा रहेका नेपालीको उद्धार सुरु हुने

काठमाडौँ । सरकारले भोलीबाट विदेशमा रहेका नेपालीको उद्धार सुरु गर्ने भएको छ । कोरोना भाइरसको महामारीको कारण ७३ दिनदेखि लकडाउनमा रहेको नेपालमा विदेशबाट नेपालीहरु ल्याइन लागेको हो । शुक्रबार म्यान

सिजनको अत्यतिर ला लिगा हेर्न दर्शक रंगशाला पुग्नसक्ने !

  • 15 minutes ago
सिजनको अत्यतिर ला लिगा हेर्न दर्शक रंगशाला पुग्नसक्ने !

एजेन्सी । स्पेनिस घरेलु लिग ला लिगाका खेलहरु जुन ११ बाट सुचारु हुँदैछन् । कोरोना भाइरसको महामारीको कारण स्थगित खेलहरु बन्द रंगशालामा सुचारु गर्नको लागि सबै क्लबहरु तयारीमा जुटेका छन् ।

कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

  • 18 minutes ago
कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

कञ्चनपुर । कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ । भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’ कार्यविधि तयार गरिएको हो । बिहीबार महेन्द्रनगरमा बसेको को



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।