IIMS College

ISMT

HUB Education

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय बैठक हुदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सोल । उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको उच्चस्तरीय बैठक शुक्रबार बस्ने भएको छ । यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा सो वार्ता स्थगित गरेको थियो । 

 

शुक्रबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा सो बैठक बस्ने भएको हो । उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा अकस्मात स्थगित भएको जानकारी दिएको थियो । 

 

उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक नबस्ने जनाएको थियो । 

 

तर त्यसयता भने यी दुई देशबीचको सम्बन्धमा सुधार आएको बताइएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल यस वार्ताका लागि उक्त पानुमजोम भिलेज पुगेको छ । 

 

सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो । यो बैठका दुई कोरियाका मन्त्रीस्तरमा हुने समाचारमा जनाइएको छ । 

 

दुई कोरियाबीच गत अप्रिल २७ मा शान्ति सम्झौता भएको थियो । तर पछि परिस्थितिमा सकारात्मक परिवर्तन आएको छ । 

 

मे २५ मा यी दुई शका उच्च नेताहरु दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः भेटवार्ता भएको थियो । 

 

त्यस भेटमा दुई देशको अघिल्लो शान्ति सम्झौताको कार्यान्वयन गर्ने र अमेरिकासँगको उत्तर कोरियाको वार्ताका लागि सकारात्मक वातावरण बनाउने विषयमा सहमति भएको बताइएको थियो । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । 

 

यस वार्ता दुई देशको मन्त्रीस्तरमा हुने भएको हो । वार्ताका लागि पानुमजोम जानुअघि सम्वाददाताहरुसँग दक्षिण कोरियामा एकता मन्त्री च्यो म्यान गोले भन्नुभयो– हामीले आगामी अमेरिका उत्तर कोरिया वार्ता र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक छलफल गर्नेछौँ । 

 

 


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 5 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 9 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 9 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।