कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

 

विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा थिए । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महीनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोड्नुभएको उहाँका माहिला छोरा विनयकुमारले राससलाई जानकारी दिए ।

 

उनी मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

 

 नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उहाँको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पु¥याइएको थियो ।

 

उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन् । यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गरेका छन् । हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् ।  उनका श्रीमती, चार छोरा र तीन छोरी छन् ।


थप समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

  • 48 minutes ago
बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । बाँकेको अगैयामा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । भारतबाट आएको कारणले संक्रमण जोखिम हुनसक्ने भन्दै परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

  • 1 hour ago
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपचारर्त एक महिलालाई पाटन अस्पताल लगिएको छ । ६१ वर्षीया महिलामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल लगिएको हो ।

मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • 1 hour ago
मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्सी– ६ तालागाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार बिहान १२ बजेको समयमा आफ्नै मकै बारीबाट मकै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।