शहरका भित्री सडकमा इँटा र ढुङ्गा छाप्दै काठमाडाैँ महानगरपालिका

फाइल फाेटाे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । 

 

सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । 

 

भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनीयर राम थापाले बताए । 

 

उनका अनुसार विश्व सम्पदा क्षेत्र आसपासका सडकमा मौलिक स्वरुपमा जोड दिइएको हो । ‘असन, इन्द्रचोकका भित्री सडकमा ढुङ्गा र इँटा छापिएको हो’, थापाले भने ।  

 

पर्यटकको आगमन बढी भएका स्थानका सडकलाई मौलिक स्वरुपमा निर्माण गर्न लागिको महानगरपालिकाले जनाएको छ । 

 

सम्पदा क्षेत्रका भौतिक पूर्वाधारमा सकेसम्म मौलिकता कायम गर्ने काम भइरहेको छ । इञ्जीनियर थापाले भने, ‘सम्पदा क्षेत्रमा मौलिकता कायम गर्दा पर्यटकका लागि आकर्षित हुनेछ ।’ 

 

कामपाले चालू आव २०७५÷७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । 

 

सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । कामपाभित्र करीब एक हजार ४५० किमी पक्की सडक छ ।

 

कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किमी छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । 


थप समाचार

'छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ऐश्वर्या'

  • 8 hours ago
'छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ऐश्वर्या'

एजेन्सी । सन् १९९४ मा ऐश्वर्याले मिस वल्र्डको उपाधि जित्न सफल भएकी उनलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

  • 8 hours ago
मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।

लण्डनको पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चुन्ने तयारी

  • 8 hours ago
लण्डनको पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चुन्ने तयारी

साउथ ईष्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन हुने भएको छ । आउँदो जुन महिनाको २३ तारिखमा हुने अधिवेसनले आउँदो २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने भएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।