IIMS College

ISMT

HUB Education

लगानी आकर्षित गर्न प्रदेश सरकारहरुलाई ढकालको आग्रह

  • बिहीबार, १ फागुन, २०७६
  • 1 week ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने, कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहिलेको परम्परागत शैलीमा परिवर्तन गर्ने हो भने नेपालमा लगानीका सम्भावनाहरु थप बढ्ने बताएका छन् ।    

 

जिल्ला, नगर तथा प्रदेशस्तरमा हुने लगानी एवं व्यवसाय सञ्चालनका लागि कर, रजिष्ट्रेसन एवं नयाँ अनुमति लिनेजस्ता विषयमा समस्या झेल्नुपरेको गुनासो जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट अत्यधिक रुपमा आउने गरेको भन्दै यी समस्या प्रदेश तथा स्थानीय सरकारले समाधान गरिदिए देशका साना व्यावसायीका लागि वातावरण बन्ने बताए ।

 

यसरी साना व्यवसायीहरुका समस्या कम भएमा प्रदेशमा मात्र नभएर देशमै लगानीको राम्रो वातावरण बन्ने उनले बताए । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरेकोले लगानी ल्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सिंह, अर्थमन्त्री प्रकाश ज्वाला लगायतले आग्रह गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकालले पनि सो आग्रह गरेका हुन् । सल्यानमा आयोजित प्रादेशिक कृषि, पर्यटन, उद्योग व्यापार मेलालाई आज सम्बोधन गर्दै उनले सो आग्रह आग्रह गरेका हुन् । 

 

नेपालमा तीन तहको सरकार र कानूनहरु बनिसकेपछि पनि अझै कतिपय कामहरुमा झमेला नहटेको व्यावसायीको गुनासो रहेको उनको भनाई थियो । उनले नयाँ नियम कानुन बन्दा सरोकारवाला पक्षको सहभागिता र परामर्श हुन सके त्यसले व्यावसायिक प्रवद्र्धनमा सहजता थप्ने बताए । 

 

कुनै पनि नयाँ आयोजना सञ्चालन गर्नका लागि पर्यटन, वन, वातावरण आदिका क्षेत्रमा गर्नुपर्ने सरकारी प्रक्रियागत कार्यहरुमा अझै चुस्तता जरुरी रहेको उनको भनाई थियो । 

 

नेपालको कर्णाली प्रदेश क्षेत्र जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन त्यस्तै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।  

 

मेला महोत्सवजस्ता व्यवासायकि प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कामहरुलाई एउटा कार्यविधि बनाएर जिल्ला नगर उद्योग वाणिज्य संघहरुले नै गर्नेगरी जिम्मेवारी दिँदा व्यवहारिक हुने उनले बताए । 

 

यस्ता महोत्सव एवं प्रदर्शनीहरुमा विदेशबाट आयातित गर्ने वस्तु राख्नु हुदैन, नेपाली र स्थानीय उत्पादनलाई उजागर गर्ने, आन्तरिक प्रतिश्पर्धा गराउन सक्ने उत्पादन होस् या कला र अन्य विषयहरुलाई प्रवद्र्धन गर्ने र प्रोत्साहन गर्ने काम गर्नुपर्छ– उनले भने ।


थप समाचार

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

  • 9 minutes ago
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

काठमाडौँ । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

  • 13 minutes ago
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

काठमाडौँ । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

महँगा गाडीको मागमा कमी आउन थालेपछि...

  • 16 minutes ago
महँगा गाडीको मागमा कमी आउन थालेपछि...

काठमाडौँ । सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।