IIMS College

ISMT

HUB Education

अवरुद्ध सडक एक हप्तापछि खुल्यो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । 

 

बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएपछि उक्त स्थानमा सडक अवरुद्ध भएको थियो । 

 

मर्मतपछि बेनी–देखि काभ्रेभीरसम्मको खण्डमा सवारी साधन सञ्चालन गर्न सकिने भएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । काभ्रेभीरमा अवरुद्ध सडक खुलाउन भने नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरिने भएको छ । 

 

सडक पूर्णरूपमा सञ्चालन गर्न अझै एक, दुई दिन लाग्ने आयोजना प्रमुख सुवेदीले जानकारी दिए । मुस्ताङ खण्डको अवरुद्ध सडकसमेत मर्मत गरिएको छ । बाढीले लेते खोलाको बेलिब्रिजको जगलाई जोखिमयुक्त बनाएपछि सो खोलाको पानी बहने मार्ग मोडिएको छ । 

 

छयत्तर किमी दूरीको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए भने मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा पनि समस्या भएको थियो । 


थप समाचार

सेनाद्वारा बम निष्क्रिय

  • 2 minutes ago
सेनाद्वारा बम निष्क्रिय

काठमाडौँ । यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।

अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

  • 7 minutes ago
अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

एजेन्सी । अष्ट्रेलियाका एक ९ वर्षिय बालक क्वाडेन वेयल्स आत्महत्या गर्न चाहन्छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । मिडिया रिपोर्टका अनुसार उनी बुलिंगको शिकार भएका थिए ।

'चेल्सीको आन्तरिक रणनीति मलाई थाहा छ'

  • 23 minutes ago
'चेल्सीको आन्तरिक रणनीति मलाई थाहा छ'

एजेन्सी । प्रिमियर लिगमा टोटनहम र चेल्सी आमने सामने गर्दैछ । यसअघि चेल्सीसँग पराजित भएको टोटनहम बदला लिने दाउमा रहेको छ । तर, टोटनहमका स्टार खेलाडीहरु पनि घाइते रहेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।