IIMS College

ISMT

HUB Education

संसार ध्वस्त हुने दिनको प्रतिक्षामा ९ वर्ष भूमिगत रहेको त्यो परिवार

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २०१२ मा विश्व ध्वस्त हुने भविष्यवाणी एकदमै प्रचलित रह्यो । कैयौं मानिसहरु विश्वको अन्त्यको कुरालाई साँचो पनि माने र बाँच्नका लागि अनेकौं उपायहरु पनि अपनाउन थाले ।

 

तर अन्तमा विश्व ध्वस्त भएन र सबैलाई थाहा भयो उक्त भविष्यवाणी झुटो रह्यो । बाँच्नका लागि कैयौं मानिसहरु अनेकौं उपायहरु अपनाय । जसमा एक परिवारले यस्तो उपाय अपनाए जुन सुन्दा अचम्म लाग्न सक्छ । उक्त परिवारले विश्व ध्वस्त हुने समयको प्रतिक्षा गर्दै ९ वर्षसम्म जमीन भित्रको कोठामा भूमिगत रहे । घटना नेदरल्यान्डको राजधानी एम्सटर्डम बाट करीब १४० किलोमिटर उत्तर–पूर्व को ओर ड्रेन्थ प्रान्तको रुइनरवल्र्ड गाउँस्थित फर्महाउसको हो ।

 

उक्त फर्महाउसको अन्डरग्राउन्ड कोठामा एक डच परिवार नौ वर्षदेखि विश्व ध्वस्त हुने प्रतिक्षा गर्दै बसे । यस परिवारमा ५८ वर्षका एक वृद्ध सँगै १६ देखि २५ वर्षका बीचका ६ जना साथमा थिए । तीनैमध्ये २५ वर्षीय युवा फर्महाउसबाट भाग्न सफल रहे र नजिकैको एक बियर बारमा पुगे र उक्त बारका मालिक क्रिस वेस्टबीकसँग सहयोग मागे, जसपछि उक्त घटना बाहिर आयो र प्रहरीकोमा सूचना पुग्यो । बियर बारका कालिक क्रिसका अनुसार २५ वर्षका ती युवा उनको बार आए र ५ बियर पिए ।

 

त्यसपछि ती युवकले बताए की उ घरबाट भागेर आएको छ र उसलाई मद्दतको आवश्यकता रहेको छ । त्यसपछि क्रिसले प्रहरीलाई खबर गरेका हुन् । जानकारी प्राप्त भएपछि प्रहरी फर्महाउस पुगे र भूमिगत कोठामा ५८ वर्षीय जेन जोन वेन डोर्सटन नामका वृद्ध खाटमा सुतिरहेका थिए । साथसाथै त्यहाँ १६ र २५ वर्षको बीचका उमेर रहेका अन्य बच्चा तथा किशोर पनि रहेका थिए ।

 

प्रहरीले डोर्सटनलाई छानवीनमा सहयोगका लागि भन्दै हिरासतमा लिएको छ । जाँचमा पत्ता लागेअनुसार उक्त परिवार फर्महाउसमा सागसब्जी लगाउने र शिुपालन गर्दै आफ्नो गुजारा गर्थे । ती किशोर–किशोरीहरुको र डोर्सटनको सम्बन्ध भने खुलाइएको छैन । उनीहरुले डोर्सटनलाई आफ्नो बुबा भनेका छैनन् । बारका मालिक वेस्टबीकका अनुसार २५ वर्षीय ती युवक जो उनी भएको ठाउँमा आएका थिए उसको दाह्री–जुँगा बढेर ठूलो भएको थियो । उनले धेरै समयदेखि कपाल पनि काटेका थिएनन् ।

 

ती युवक ९ वर्षदेखि भूमिगट कोठामा रहेका थिए र फर्महाउसबाट बाहिर निस्कन सक्दैनथे । उसका भाइ–बहिनीको अवस्था ती युवकको जस्तै रहेको थियो । यसका साथै ती युवक भूमिगत कोठामा बस्न चाहँदैनथे । युवकले संवादको क्रममा बताए की, उनी रातमा भागेका थिए, किनभने अन्य समयमा त्यहाँबाट भाग्न असम्भव नै रहेको थियो । 

 

प्रहरीका अनुसार छानवीन प्रक्रिया अझै जारी रहेको छ । जसकारण यो भन्दा बढी जानकारी बाहिर ल्याउन नमिल्ने पनि प्रहरी बताउँछ । ती युवा, बालबालिकाको आमाको बारेमा भने कुनैपनि जानकारी प्राप्त भएको छैन । एक स्थानीयका अनुसार बच्चाहरुको आमाको बारेमा कसैलाई थाहा छैन । ती स्थानीयको अनुमान छ, शायद आमा लाई फर्महाउसमा नै गाडिएको थियो ।

 

क्षेत्रमा मेयर रोजर डि ग्रुटले एक पत्रकार सम्मेलनमा भने की उनले अहिलेसम्म आफ्नो जीवनमा यस्तो अप्रिय घटना देखेका थिएनन् । मानिसहरुले घटनाको उजुरी दिएसँगै प्रहरी छानवीनमा जुटिरहेको छ र छिट्टै सबै सत्य–तथ्य पत्ता लाग्ने अनुमान पनि गरिएको छ । 

 


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 1 hour ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 2 hours ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।