IIMS College

ISMT

HUB Education

लकडाउन लत्याउनेहरुलाई पत्रः कोरोना भाइरसका कारण आफन्तको शोक पनि मनाउन नपाइएला

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कोरोना भाइरसको संक्रमण अहिले विश्वसामुदायका लागि हालसम्मकै ठूलो खतराका रुपमा देखा परेको छ र, यसबाट विश्वमानवजातीले अहिले सम्मकै सवैभन्दा धेरै खतराको सामना गरिरहेको छ । केही दिन अघि उत्तरी छिमेकी देश चीनवाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले जापान,कोरिया, यूरोप,अमेरिका लगायतका धेरै देश हुदै दक्षिणी छिमेकी देश भारतमा समेत फैलिरहेको छ । यसवाट नेपाल समेत अछुतो रहन सकेन । गर्मीयाममा जंगलमा लागेको डढेलो जस्तै सल्किदै महामारीका रुपामा देखिएको कोभिड –१९ अर्थात कोरोना भाइरसले अहिले विश्वसमुदाय आतंकित वनेको छ । यस संक्रमणवाट हजारौ मानिसको मृत्यु भइरहेको छ । भने लाखौ ब्यक्ति सक्रमित वन्न पुगेको छन् । आश्चर्यको विषय त यो रोगको नत अहिले सम्म औषधी पत्ता लागेको छ नत यसको फैलावटको चिकित्सक र वैज्ञानिकहरुले अनुमान गर्न नै सकेका छन् ।

 

यस्तो परिदृश्यमा नेपालमा पनि यो रोगको संक्रमण देखापरेको छ । विश्वका महाशक्तिशाली राष्ट्रदेखि शक्तिसम्पन्न राष्ट्हरुलाई समेत हल्लाईरहेको यो रोगले दुनियाभर संक्रमित वनाइरहेको छ । र, विगत केही समयदेखि विश्वसमुदाय कोरोना भाइरससँग लडिरहेको छ । 

 

यसले विश्वमै संकट निम्त्याएको छ । संक्रमणले भीषण रुप धारण गरेको छ । जसवाट नेपालमा पनि तीन जना माथि संक्रमण देखा परेको छ । एकजना निको भएका छन् भने दुईजना माथि परिक्षण भईरहेको छ । यसपछि नेपाल सरकारले आवश्यक तयारी संगै देश लकडाउन गरेको छ । 

 

महाशक्तिशाली देशले समेत यसको औषधि पत्ता लगाउन नसकिरहेको अवस्थामा नेपालजस्ता देशका लागि धैर्यवान हुनु, सावधानी र सतर्कता अपनाउनु र आतंकित नवन्नु नै मूलमन्त्र हुन् । भीडभाडमा नजानु,सावधानी अपनाउनु र यो रोगका लक्षण भएका ब्यक्तिवाट टाढै रहनु नै अहिलेको विकल्प हो यसका लागि नेपाल सरकार र विज्ञहरुले पनि यो कुरा वारम्वार भन्दै आएका छन् भने यसको नियन्त्रणका लागि अन्य तयारी संगै सरकारले देशलाई लकडाउन गरेको छ ।

 

यसले नेपनलमा पनि संकट निम्त्याएको छ ।

 

यस्तो संवेदनशील घडीमा एकातिर सामाजिक संजालका भित्ताहरुमा त्रास फैलाउने र नागरिकलाई आतंकित पार्ने गरी पोष्ट गरिरहेको देखिन्छ भने कतिपय वतासे अनलाईन र युटुवरले भ्यूअर तान्ने नाममा वतासे समाचारहरु प्रसारण गर्ने गरेको पाइन्छ । त्यस्तै सरकारले गरेको लकडाउनको निर्णयको अवज्ञा गर्ने आत्मघाती कार्य भैरहको पनि देखिन्छ । यी सवैकुरा एउटा जिम्मेवार नागरिकको भूमिका, कर्तब्य र दायित्ववाट विचलित भएका घटनाका रुपमा लिन सकिन्छ । 

 

यो संकटको वेला नागरिकको सुरक्षा गर्नु सरकारको मुख्य दायित्व हो । त्यसैले नेपाल सरकारको अहिलेको अर्जुन दृष्टि भनेकै कोरोना हो र छ पनि । सरकारले यसका लागि आवश्यक कार्य संवेदनशीलताका साथ गरिरहेको छ । यस्तो संकटका वेला छोटो समयमै ठूला ठूला निर्णय लिनुपर्ने सरकारको वाध्यता रहन्छ । 

 

संकटका वेला गर्ने निर्णय संकटको आकलनको परिणमका आधारमा हुन्छ नै । कतिपय वेला परिस्थिति सोचेभन्दा गम्भिर र खराब पनि बन्दै जानसक्छ तर लकडाउनको शुरुका दिनमा जसरी यसलाई नागरिकतहवाट संवेदनशील र गंभिर रुपमा लिनु पर्ने हो त्यो देखिएको छैन । यो सरकार जनभावना अनुरुप अघि वढेको छ । 

 

जनता र विज्ञको सुझावका आधारमा निर्णयहरु ग्रिहेको देखिन्छ । तर, कार्यान्वयन र ग्रहण गर्ने सन्दर्भमा नागरिकले दायित्ववोध गर्न चुकेको होकि भन्ने पाईन्छ । एकातिर अराजकताको मनोवृत्ति देखा परेको छ । भने अर्कातिर संवेदनशीलता हराएको प्रतित हुन्छ । लकडाउन सरकारको सजिलोको लागि गरेको होइन, यो नागरिककै सुझावमा नागरिककै सुरक्षा लागि सरकारले चालेको गंभिर कदम हो भन्ने हामीले मनन गर्न जरुरी छ । तर, लकडाउनको पहिलो दिनको लकडाउनको परिदृश्यको ट्रेलरले अराजकताको संकेत गरेके छ । यो वेला नागरिकको दायित्व विशिष्ठ हुनु जरुरी छ । नै संवेदनहीनता वढ्दा यसको मारमा हामी र हाम्रो परिवार नै पर्दछ । यस्तो संकटको प्रतिकुल परिस्थितिमा प्रतिक्रियात्मक चरित्र हावी हुदा हामीले फयाकेको झटारो हाम्रो परिवारतिरै वज्रन्छ भन्ने हेक्का सवैले राख्नु पर्दछ ।

 

त्यसैले नागरिक आप्ःनो सुरक्षाको लागि आफै सचेत वन्नु पर्छ । सरकारले वारम्वार यो विषम परिस्थतिमा औषधि,खाधन्न किन्न र अत्यावश्यक वाहेक घरवाहिर ननिस्कन आग्रह गर्दै आएको छ । तर नागरिक तहमा यसको पूर्ण पालना भैरहेको पाइदैन । नागरिकको सानो लापार्वाहीले ठूलो जोखिम र दुर्घटना निम्त्याउन सक्छ । त्यसैले समयमै सोचौँ ।यो देशमा मात्र लागेको छैन । अरु देश पनि लकडाउनको अवस्थामा छन् । छिमेकी देश भाारतमा पनि यहि अवस्था छ । परिस्थिति अझ गंभिर वन्दै गयो भने  लकडाउनको अवधि वढ्न पनि सक्छ भन्ने मनोस्थिति पनि वनाउनु पर्छ । लकडाउनको निर्णय कुनै रहर वा लहडको विषय होइन । यो वाध्यात्मक परिस्थितिको उपज हो । नागरिकतहवाट लकडाउनको पूर्ण पालना हुन नसके सरकारसामु नागरिकलाई सुरक्षित राख्न र कोरोना भाइरस फैलन नदिन कप्ःmर्यू लगाउनुको विकल्प रहदैन ।  

 

त्यसैले लकडाउनको पूर्णपालना गर्न जरुरी छ । नभए पछि पश्चाताप मान्नु सिवाय केहि हुदैन । सरकारलाई साथ दिएमा कोरोना विरुद्द सामना गर्न सामाथ्र्य वढ्ने छ । सरकार समाजलाइ आतंकित वनाउने समाचार र सूचना प्रसारण र प्रकाशित माथि कठोर वनेको छ । संकटका वेला फाईदा उठाई कालो वजारी गर्ने माथि कडा कदम चालेको छ, कोरोना भाइरसको संक्रमण फैलन नदिन विभिन्न तयारी गरेको छ । छिमेक देशवाट औषधि उपकरण लगायतका सामाग्रीहरु ल्याउदै छ , नागरिकका लागि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आवश्यक ब्यवस्था र तयारी गरेको छ । साथै नागरिकको सुरक्षाका लागि उच्च सतर्कता संगै संवेदनशील वनेको छ । यो वेलामा हरेक नागरिकले आफनो कर्तब्य, दायित्व र भूमिका खेल्न जरुरी छ । त्यो भनेको संकटको वेला सरकारले गरेको निर्णय र आदेशको पूर्णपालना गर्नु नै हो । यो नै सरकारसंगको नागरिकको सहकार्य हो यति वेला ।

 

सरकार एक्लैले यो संक्रमणलाई रोक्नका लागि कदम चाल्नु निकै कठिन हुन्छ किनभने सरकार र राज्यको शक्ति भनेकै नागरिक हुन् । र नागरिकको समर्थन, सहयोग र विश्वास नै हो ।अहिले यो वेला सरकार विरुद्ध वा सरकारका निर्णइको अवज्ञा गर्ने,सरकारलाई सहयोग गर्नुको साटो संकटको मौका छोपेर कालेवजारी गर्ने र समाजलाई आतंकित वनाउने गरी सूचना वा समाचार वा गतिविधि गर्नु राष्ट्रप्रतिको गद्धारी हो । तसर्थ देश संकटमा रहेका वेला यो सकयमा सरकारलाई आड्भरोसा, बल र भर दिेने वेला हो । अर्थात सरकारले गर्ने निर्णय र दिने आदेसलाई अक्षरशः पालना गर्नु नै असल नागरिकको कर्तब्य,दायित्व र भूमिका हो । यो संकटमा राज्यले प्रत्यक नागरिकवाट खोज्ने यही हो । त्यस्तै आफनो सुरक्षाको पर्वाह नगरी हाम्रो सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षाकर्मी र चिकित्सकहरु प्रति सम्मान प्रकट गरौ । यसवेला देशका लागि प्रत्येक नागरिक वन्दुक विनाका र युनिफर्म नलगाएका सेना जस्तै वनेर देशका निम्ति योगदान गरौ । राष्ट्रले तँपाई हामीसंग खोजेको यही नै हो ।

 

यो भाइरसको जोखिम कम गर्न सवैभन्दा राम्रो उपाय भनेको सेल्फ वा होम क्वारेन्टाइन हो । सरकारले वेलावेला सावुनपानीले हात धुने, भीडभाडवाट जोगिने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने ,हात नमिलाउने, अंकमाल नगर्ने र नजिक वसेर कुरा नगर्ने जस्ता सुरक्षाका उपायहरुलाई विभिन्न समाचारहरु मार्फत नागरिकसामु पुरयाएको छ । त्यस्तै लकडाउनका वेला के गर्ने, के नगर्ने ?यी कुरा नागरिक आफैको सुरक्षाका लागि आफैले गर्नु पर्ने कार्य हो । इटालीमा सरकारको निर्णय नमान्दा भाइरस कसरी सल्कियो÷अर्थात त्यसको मुल्य कसरी चुकाउन परिरहेको छ अहिले भने दक्षिण कोरियामा जिम्मेवार नागरिकले सकारको निर्णयको पालना गर्दा र नागरिकले साथ सहयोग गर्दा कसरी यो संक्रमण नियन्त्रणमा आयो भन्ने कुरावाट सवैले पाठ सिक्न जरुरी छ । नभए यो विपत्तिको पछि महंगो मुल्य चुकाउन पर्ने छ । सरकारले पनि जनविश्वास वढ्ने गरी काम अघि वढाउनु पर्दछ भने नागरिकले सरकारका कदममा साथ दिने समय हो यो । सरकार र नागरिक साथ साथ अघि वढेमा हाम्रो शत्रुका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण नियन्त्रणमा सफलता प्राप्त हुन सक्छ ।

 

इटालिले सिकाएको पाठ, चीनले भोगेको वाध्यता,दक्षिण कोरियाले गरेको प्रयास,भारतमा फैलिरहेको संक्रमण र नेपालले विगतमा  नाकावन्दी तथा भुकम्पका वेला खेपेको अनुभव सवैलाई ध्यान राख्दै अघि वढ्नुको विकल्प छैन । यो संक्रमणका विरुद्ध एकिकृत ठोस प्रयास नभएमा हामीले भोगीरहेको समस्या थप जटिल भएर जाने निश्चितै छ । अहिलेको जोखिम र चूनौका विषयमा सरकारले गर्ने निर्णय मान्नु नागरिकको कर्तब्य ।दायित्व हो । यदि सरकारी निर्णय र आदेशको अवज्ञा गर्ने सोँच अघि वढाउने हो भने अन्य देशमा जस्तो आफन्तको शोक मनाउन समेत नपाउने आउने छ । यो बेलैमा गंभिर भएर सोँचौ । तसर्थ स्वास्थ्य संकटमा सुविधा र कमजोरी नखोजौ, जोगीने र जोगाउ उपायवारे मन्थन गरौँ, भावनात्मक र सामाजिक दुरी कम गरौँ ।

 

अन्तमा, प्रधानमन्त्री केपी शर्माओलीले भने जस्तै धैर्यवान वनौँ,संयमता अपनाऔँ तर आतकित नवनौँ ।

 


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 56 minutes ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।