ISMT

HUB Education

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

Education Park

 

Kathmandu Trade Show

 

एक दाजु भाई हरेक दिन  समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्दै वालुवामा लेख्थ्यो । कुटेको दिन पनि त्यस्तै गथ्र्यो कि दाजुले नराम्ररी कुट्यो । फेरि ऊ मौन रहन्थ्यो र मिलेर घर फर्कन्थे । एकदिन भाई दुर्घटनाबस उछिट्टीएर झन्डै खोलामा डुब्न पुगेन तर त्यतिखेर दाइले आफ्नै ज्यान दाउमा लगाएर उसलाई बचायो । यात्राकै क्रममा त्यसै बेला भाईले एक ढुङ्गामा लेख्यो कि ‘दाइले आज मलाई आँफैं जोखिममा परेर पनि बचायो’ । यस पछि दाजुले सोध्यो: सधैं वालुवामा लेख्ने तिम्ले आज किन ढुङ्गामा लेख्दै छौ ? जवाफ थियो, ‘नराम्रा घटना र कामहरू तथा बदलाको भावनालाई हामीले वालुवामा लेख्नुपर्छ किनकी पानी पर्ना साथ वा छाल आउना साथ त्यो मेटिन्छ तर राम्रा काम ढुङ्गामा लेखेर स्थायी सम्झना बनाउनुपर्छ । जिन्दगीका राम्रा कुराहरुलाई मात्र हरेक दिन सम्झिने अभ्यासले मानिसलाई सुखी बनाउँदै लान्छ । 

 

यो बुद्धिमान भाई जस्तै विना हिंसा हामी रिसलाई निकास दिएर स्वस्थ र सुखि बन्न सक्छौं । यसैले त एक दार्शनिकले भनेका छन्– ‘आफ्नो शत्रुलाई हरेक दिन पत्र लेख तर कहिल्यै प्रेषित नगर’ । यसले गर्दा रिसले निकास पाउने मात्र नभएर आफु बाट नराम्रो बानी फाल्दै जाने र राम्रो ग्रहण गर्ने विकास हुन्छ । जीवन अति छोटो छ, त्यसमा पनि झगडा र बदलामा समय खर्चिने ब्यक्तिको राम्रो काम गर्ने समय कति बच्छ र ! यसैले भनिन्छ माफि दिने र माग्ने जोडीहरू र आफन्तहरूको सम्बन्ध नै चिरस्थायी हुन्छ । 

 

तुलना नै दुःखको कारण बनेर उदाउँछ । जब हामी आफुलाई अरू सँग तुलना गर्छौ अनेकौ फरक देख्छौं अनि शुरु हुन्छ मन खुम्च्याउन । आफैलाई र आफ्नो प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस ताकी त्यसका महत्व र ओझ घट्न नपाओस । अरुसंग तुलना नगर्ने हो भने त्यतिखेर तपाईं अनि तपाईको प्रिय मान्छे संसारको सबैभन्दा प्रिय, सबैभन्दा राम्रो लाग्छ । जब दुइ रेखा काटिन्छ र त छुट्याईन्छ लामो र छोटो भनेर । जब दुई रंग राखिन्छ र त सेतो र कालो भनेर छुट्याइन्छ । तपाईंको जीवन नै सबैभन्दा महत्वपुर्ण र संसारमा सबैभन्दा अमुल्य चिज हो । तपाईं नै संसारको सबैभन्दा राम्रो हो । क्षमता र आत्मविश्वास बढाउनुस अरुको डाहमा आफुलाई कमजोर नबनाउनुस् । हाँस्न सिक्नुस पीडा, आसु आफै दुर भाग्छ ।

 

 यसैले त भनिन्छ, ‘धन हुनेहरू सुन लगाएर हिडछन् जो देखाबटि मात्र हो, मन हुनेहरू त गुन लगाएर हिड्छन जो सदाको लागि मन मुटुमा याद बनेर रहन्छ ।’

 

‘मान्छे नमर्ने शहर हुँदैन, आशु बगाउने रहर हुँदैन ।’ मानिस सत्यलाई भन्दा बढी झुटलाई विश्वास गर्छ । राम्रा भन्दा नराम्रा कुरातर्फ मानिसहरू बढी चासो राख्छन् । कसैले प्रसंशा ग¥यो वा राम्रो गरिदिएको कुराभन्दा गाली गरेको कुरा मानिस धेरै सम्झन्छ । यो सामान्य मानवीय गुण जस्तो लागे पनि यसले अरूलाई भन्दा आफ्नै शुक्ष्म मनोविज्ञानलाई हानी पु¥याउदै लैजान्छ । यसले सधैंं नकारात्मक कुरा खोजी गर्ने गलत बानी हावी हुँदै गएर एक दिन कसैको लागि राम्रो सोच्नै नसक्ने बानीमा परीणत हुन्छ । जसले गर्दा आँफै भित्र भएको कस्तुरी र मणि चिन्न नसकेर मानिस अरूको कोइलाको इष्र्या गर्छ । यस्तो मानवीय स्वभाव बदल्नै नसकिने हो त ! श्रीमद्भागवत गीतामा अर्जुनले कृष्णलाई यस्तै प्रश्न गर्नुभएको थियो । यसमा श्रीकृष्णको जवाफ यस्तो थियो:

 

अभ्यासेन तु कौन्तेय, वैरागेण च गृहते । असन्शय महाबाहो मनो दुनिः गृहं चलं ।

अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। ६।३५ श्रीमद्भागवत गीता

 

हामीले आँफैसँग कसम खाएर अभ्यास गर्दै जानुपर्छ, एक दिन सफल अवश्य भईन्छ । यसैलाई पछि अङ्ग्रेजीमा Practice Make a Man Perfect भनियो । हरेक राम्रा कुरा एकै दिनमा बिकास नहुन सक्छ तर हुनै नसक्ने भने अवश्य होईन ।

 

जिन्दगीमा सुखी रहनु छ भने आभारी रहनुस् बिरोधिहरुप्रति, उनीहरूले तपाईं हाम्रो नराम्रो कर्म पखाली रहेका हुन्छन् । कृतज्ञ रहनुस् आलोचकहरुप्रति उनीहरूले गल्ति सुधार्न सघाईरहेका हुन्छन् । नतमस्तक रहनुस् शुभचिन्तकहरुप्रति, उनीहरूले आत्मविश्वास जगाइरहेका हुन्छन् । धन्य रहनुस् प्रशंसकहरुप्रति उनीहरूले जीवनको बाटो आध्यारो मात्र हैन उज्यालो पनि छ भनेर मार्ग दर्शन गरिरहेका हुन्छन् ।

 

पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम्

कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम् 

 

एक संस्कृत श्लोकमा भनिए जस्तै, हामीले यी सारा जानकारी प्राप्त गरेर पनि यसको नियमित अभ्यास भएन भने त्यो अरूको हातमा भएको धन र पुस्तक आवश्यक परेको बखत काममा आउन सक्दैन । हरेक दिनको अभ्यासले चिन्तन बदलिने छ । यसैले दिमाग बदलौं, दुनियाँ बदलिने छ ।

 

चिन्ता हैन चिन्तन गरौं ।

सोच मग्न हैन हरेक दिन थोरै समय मात्र भए पनि ध्यान मग्न बनौं ।

सफल हुन सकिएला हैन, अवश्य सक्छु भनौं ।

धर्म कमाउन दियो जलाउन नभ्याए पनि अरूको मन नजलाए पुग्छ ।

 

फेसबुकमा धेरै साथी बनाउनुभन्दा थोरै होस तर आफुले सद्भाव दिन सक्ने थोरै असल मित्र बनाऊ ।

 

हाँस्नलाई सबैको सुखमा हासौं, कसैको कमजोरीमा नहासौं ।

 

यो संसारमा जन्मने र मर्ने कसैको पनि जीवन पूर्ण हुन सकेको ईतिहास छैन । आलोचना बाट मुक्त कोही भेटिंदैन । कृष्ण, कविर, बुद्ध, नानक, जिसस, मोहम्मद, आईन्स्टाइन, ग्यालीलियोदेखि नवप्रसिद्ध मान्छेहरूलाई समेत मानिसहरूले खोट लगाउन सकेका छैनन् तसर्थ पूर्ण जीवनको खोजीमा हैन, सरल तर सुखी जीवनको अभ्यासमा लागौं । आंशु बगाएर हैन, आश जगाएर जीवनलाई जित्नु छ । आंशुमा दुःख मेटिदैन बरू हरेक घटनामा राम्रो पक्ष खोज्ने आदतले जीवन सधैं उज्यालो बन्छ ।

 


थप समाचार

बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

  • 24 seconds ago
बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

एजेन्सी । बलिउडमा फिल्मको वर्षा नै हुन्छ । यसमा कुनै फिल्मले आक्रामक व्यापार गर्छ भने, कुनै फिल्मले लगानि समेत उठाउन सक्दैन । बलिउडले दर्शकको साथ एकदमै पाउँछ भने, भारतमा मात्र नभई अन्य देशहरुमा पनि मन

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 39 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 1 hour ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।