थाहा पाइराख्नुहोस्, मधुमेहबाट कसरी जोगिने

सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थको अधिक सेवनले पनि मधुमेह हुने र भइसकेकालाई बढ्ने भएकाले यसको प्रयोगमा निषेध ल्याउन जरुरी छ ।

 

मधुमेहका लागि सन्तुलित भोजन गरौँ । प्राकृतिक रेसायुक्त भोजन गराँै । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने । भोकै नबस्ने, दैनिक चारपटक खाने, तर थोरै–थोरै ।

 

सकभर मासु नखाएको राम्रो । खानै परे रातो मासु नखाने, त्यसको सट्टा सेतो मासु अर्थात् कुखुरा र माछा मात्र खाने । माछामासुभन्दा रेसायुक्त सागसब्जी खानु राम्रो । त्यस्तै चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।

 

मधुमेहका लागि तौल नियन्त्रणमा राख्नु महत्त्वपूर्ण उपाय हो । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना हुन्छ । तौल आफ्नो उचाइअनुसार हुनुपर्छ । आफ्नो उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यतिबराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी हुनुहुँदैन ।

 

गर्भावस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खुवाऔँ । तर, फेरि गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले सन्तुलित रूपमा रहौँ ।


थप समाचार

भुटानमा कोरोना भाइरस, कति पुग्यो संक्रमितको संख्या, कति निको भए ?

  • 10 minutes ago
भुटानमा कोरोना भाइरस, कति पुग्यो संक्रमितको संख्या, कति निको भए ?

एजेन्सी । भुटानमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरस संक्रमितमध्ये ८ जना निको भएर घर फर्किएका छन् ।

१९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखियो

  • 16 minutes ago
१९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखियो

पाल्पा । पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

बाँदरमुडे घटना भएको १५ वर्ष पुग्यो

  • 17 minutes ago
बाँदरमुडे घटना भएको १५ वर्ष पुग्यो

भरतपुर । दक्षिण चितवनको बाँदरमुढेमा बम विष्फोट भएको १५ वर्ष पुगेको छ । तत्कालीन माओवादीले विसं २०६२ जेठ २३ गते यात्रु बसमा गराएको विष्फोटको कारण ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।