IIMS College

ISMT

HUB Education

६७ प्रतिशत मत ल्याएर मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बामाको, माली । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित भएका छन् । 

 

आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उनी पुनः निर्वाचित भएका हुन् । यसबारेमा मालीको निर्वाचन कार्यालयले बिहीबार जनाएको छ । 

 

विदेशी पर्यबेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ बर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् । 

 

गत आइतबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२.८३ प्रतिशत मत ल्याएका थिए । 

 

सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गरेका ६८ बर्षीय सिसेले त्यतिबेला ३४.५ प्रतिशत मत पाउनु भएको थियो । 

 

भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ । उनीहरूबीचमा द्वन्द्वपनि रहेको छ । 

 

द्वन्द्वहरूमा पनि यस बर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो । निर्वाचनका बेला द्वन्द्वको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए । 

 

निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ ।

 


थप समाचार

कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

  • 12 minutes ago
कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्

उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

  • 22 minutes ago
उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन् । उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घा

मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

  • 29 minutes ago
मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।