IIMS College

ISMT

HUB Education

माल्टा नेपाल फ्रेण्डसीप सोसाइटी गठन

  • शनिबार, ४ माघ, २०७६
  • 4 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लन्डन । नेपाल तथा माल्टा र दुई देशका नागरिकबीचमा समेत सम्बन्ध बिस्तारको लक्ष्यसहित 'माल्टा नेपाल फ्रेण्डसीप सोसाइटी’ गठन भएको छ । 

 

माल्टाको लागि समेत जिम्मेवारी सम्हालेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले माल्टाको राजधानी भ्यालेट्टामा शुक्रबार आयोजित एक विशेष समारोहमा सोसाइटीको घोषणा गरेका हुन् ।

 

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले दिएको जानकारीअनुसार सोसाइटीमा राजदूत डा सुवेदी संरक्षक रहेका छन् भने अध्यक्ष भ्यालेट्टाको मजाइडा नगरपालिकाकी मेयर मार्गरेट बाल्डाकिनो छन् ।

 

त्यसैगरी, सोसाइटीको उपाध्यक्षहरुमा डा. भिक्टर बुजिया, टोमस मिकालुस्कस, साइमन एल्डेन र सोम सापकोटा चयन भएका छन् । महासचिवमा डा. जोसेफ क्यालेजा, सचिव एवम् प्रवक्तामा मार्को क्रेमोना र कोषाध्यक्षमा डा. भिभियना प्रेमाजीलाई चुनिएको छ ।

 

सोसाइटीको सदस्यहरुमा काउन्सिलर मरिस एगिअस, काउन्सिलर अल्फ्रेड फारुग्जा, काउन्सिलर जुडी स्कीबरास, काउन्सिलर अलेक्जेण्डर जमिट, डा. निकोलस चाल्र्स, डा. बेन्जामिन मिकालेफ, जोनाथन बोनिक्ट, रोनाल्ड वेज, निकोलस क्यालिगरी, स्टिभ मर्सिका, ओलेग जाकोलिभ, सुरिस क्लाभिल्स, राजु अर्याल र चेतबहादुर केसी छन् ।

 

सोसाइटीका संरक्षक राजदूत डा. सुवेदीले सोसाइटीले नेपाल र माल्टा तथा दुई देशका जनता र समुदायहरुलाई जोड्ने पुलको रुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

माल्टामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवर्द्धनमा सहयोग गर्न आग्रह गर्दै उनले नेपाललाई एक सुरक्षित, शान्त र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्न सोसाइटीलाई आव्हान गरेका छन् । 

 


थप समाचार

‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

  • 7 minutes ago
‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन् । कर्णाली

सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

  • 11 minutes ago
सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ई

नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

  • 22 minutes ago
नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

काठमाडौं । चर्चित अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८ औं सिजनमा नेपाली गायक दिवेश पोखरेल शीर्ष २० स्थानमा पर्न सफल भएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

एजेन्सी । आधुनिक युगसँगै विश्वमा प्रविधिसँगै विभिन्न आविष्कार तथा अन्वेषणहरु भइरहेका छन् । टेक्नोलोजिको अत्यधिक मात्रामा विकास भइरहेको छ जसको कल्पना समेत गर्न सकिँदैन ।