Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबेनी–जोमसोम सडक खण्ड: बैसरीमा पहिरोको जोखिम

बेनी–जोमसोम सडक खण्ड: बैसरीमा पहिरोको जोखिम


बेनी । बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते भए । बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । बेनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ‘रेफर’ गरिएकामा उहाँको अहिले शल्यक्रिया पश्चात आइसियूमा उपचार भइरहेको छ ।

एक सातादेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको बैसरी खण्डमा पहिरोले सिधा सवारी आवागमन प्रभावित बनेको छ । चार दिनपछि सडकमा थुप्रिएको पहिरो ‘डोजर’को सहायताले पन्छाएर आंशिक रुपमा सडक सुचारु भएको केही घण्टामै दुर्घटना भएपछि बैसरीको पहिरोले यात्रु र सवारी चालकमा भय र त्रास सिर्जना गरेको छ ।

यसअघि पनि यस पहिरोबाट खसेको ढुङ्गा लागेर सवारी चालक र यात्रु पटक–पटक घाइते भइसकेका छन् ।

बैसरीमा खसेको पहिरोले मुस्ताङ र उत्तरी म्याग्दीलाई राष्ट्रिय राजमर्गसँग जोड्ने बेनी–जोमसोम सडकको यात्रा कष्टकर र सास्तीपूर्ण बनाएको छ । राहुपारे र बैसरीको बिचमा रहेको अँधेरीखोला आसपासमा निरन्तर पहिरो खस्न थालेपछि यस सडकखण्डमा सिधा सवारी अवरुद्ध हुन थालेको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत यो सडक कालोपत्रसहित निर्माणधीन छ ।

बैसरीमा गएको पहिरोको कारण अवरुद्ध बनेको र जोखिमपूर्ण सडकको वैकल्पिक मार्ग तिलकेनी–बगैँचा–रानीपौवा–चौर–रिसिनचौतारी–माछखर्क हुँदै बेगखोला सडक भए पनि यो सडक उपेक्षामा परेको छ । मोटरसाइकल, जीप लगायतका साना सवारी साधन आवतजावत गर्ने यो सडकलाई वैकल्पिक मार्गको रुपमा विकास गनुपर्ने स्थानीयवासीको माग छ । साँघुरो र जीर्ण अवस्थामा रहेको वैकल्पिक सडकलाई स्तरोन्नती गरी सञ्चालन गरेमा बैसरीको पहिरोको जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हट्ने रिसिनचौतारीका स्थानीयवासी प्रेम केसीले बताए ।

‘‘मुख्य बाटो पहिरोको जोखिममा छ, वैकल्पिक बाटो साँघुरो र हिलाम्मे छ, कम्तीमा मर्मत सम्भार गर्न सकेमा वैकल्पिक बाटोलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ, यसो गर्दा पहिरो रोकथाम नहुँदासम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन सकिन्छ’’,उनले भने । वैकल्पिक बाटोलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निकायले उदासिनता देखाएको स्थानीयवासीको गुनासो छ ।

बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि मुस्ताङको घाँसासम्मको सडक बाढीपहिरोको कारण जोखिमयुक्त मानिन्छ । यस खण्डमा हरेक वर्ष पहिरो र बाढीले यातायात अवरुद्ध हुँदै आएको छ । निर्माणधीन अवस्थामा रहेको सडकको वैकल्पिक सडकको ‘ट्र्याक’ भए पनि स्तरोन्नती गरी सुचारु गर्नतर्फ सरोकारवालाको ध्यान नजाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

तत्काललाई पहिरोलाई छलेर नयाँ ‘ट्र्याक’ बनाउन र यसअघि नै तयार भएको रानीपौवा–बेगखोला सडकलाई स्तरोन्नती गरी दीर्घकालीन वैकल्पिक सडक बनाउन आयोजना र सम्बन्धित निकायमा माग गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

अहिले बैसरीमा पहिरोले सिधा सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम सडकमा गुड्ने मोटरसाइकल, बोलेरो, जीप लगायतका साना सवारी साधनले यसै वैकल्पिक सडकलाई प्रयोग गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT