जब १०३ वर्षीय वृद्धले २७ वर्षीया महिलासँग बिहे गरे

एजेन्सी । कैयौं पटक तपाईले सुन्दै आउनुभएको होला कि उमेर केवल एक संख्या हो यसबाहेक केही होइन । यसलाई साँच्चिकै पुष्टि गरेका छन् इन्डोनेशियाका १०३ वर्षीय पुआंग कट्टेले ।

 

उनले ७६ वर्ष कान्छी अर्थात २७ वर्षीया महिलासँग बिहे गरेर विश्वलाई आश्चर्य तुल्याएका छन् । सामाजिक सञ्जालमा उनको बिहेको तस्बिरहरु निकै भाइरल भएका छन् । मिडिया रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् ।

 

उनले १९४५–१९४९ को युद्धमा भाग लिएका थिए । बेहली इन्डो अलंगका एक आफन्त बताउँछन्, उनीहरुलाई पुआंगको उमेरबारे जानकारी थिएन तर १०० वर्ष पार गरेको उनीहरुलाई लागेको थियो । जब बिहेपछि बेहुला–बेहुलीको उमेर खुलासा भयो तब सबै अचम्ममा परे ।

 

यसका साथै पुआंगले बेहुली पक्षलाई दाइजो पनि दिएका छन् । उनले करिब ४० हजार रुपैयाँ र एक सुनको औंठी दिएर महिलासँग विवाह बन्धनमा बाँधिए । एक सञ्चार माध्यमका अनुसार वृद्ध पुआंगको ती महिलासँग पहिलो पटक भेट त्यसबेला भयो जब उनी आफ्नो ब्वाईफ्रेन्डसँग ब्रेकअप गर्न जाँदैथिइन् ।

 

पुआंगको यो दोस्रो बिहे हो । उनले यसअघि नै आफ्नी पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरिसकेका छन् । अहिले यी दुई जोडी दक्षिणी सुलावेसीमा पुआंगको घरमा आरामसँग बसिरहेका छन् ।


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 6 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 6 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।