IIMS College

ISMT

HUB Education

उनीसँग विवाह गर्न पहिला मैले नेपाली भाषा सिके...

  • सोमबार, १३ फागुन, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बलेवा । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । 

 

बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका थिए । 

 

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यस“ग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेका हुन् । 

 

दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरेकी थिइन् । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए । केटीका तर्फभने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आएकका थिए । सफिकले पाकिस्तानी बाबुआमास“ग पनि सहमति लिएको बताइन् । 

 

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।

 

‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पु¥याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।” 

 

कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उनले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । 

 


थप समाचार

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

  • 20 minutes ago
कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 30 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 35 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।