IIMS College

ISMT

HUB Education

अनुगमनका क्रममा कुहिएको मासु नष्ट

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भक्तपुर । भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपुर्‍याई सञ्चालन गरेको पाइएको छ ।

 

अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

 

टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी र बिग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।

 

त्यस्तै जयकाली मिट शप पसलले नवीकरण नगरेको, मासु काट्ने औजार खिया लागेको, पसल फोहर भएका, एप्रोन प्रयोग नगरेको, कुहिएको र बिग्रिएको बासी मासु बिक्रीमा राखेको पाइएपछि कुहिएको चार किलो मासु जफत गरी नष्ट गरिएको छ ।

 

त्यसैगरी महाकाली मिट शप पसलले नवीकरण नगरेको, फ्रिजमा भेज र मासु छुट्टाछुट्टै नराखेको, एप्रोन, हेयरनेट, माक्स र पञ्जा प्रयोग नगरेको, बधस्थलमा फोहर र दुर्गन्धित भएको पाइएको छ ।

 

यता लक्ष्मीदास शाहीको राँगोको मासु पसल दर्ता नगरेको, मासु कपडा भिजाएर छोपेको, सडक पेटी र बाटोमा टेबुल राखेर मासु बेचबिखन गरेको, भुइँ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल नराखेको पाइएको छ । 

 

न्यू चिकेन स्टोरमा सरसफाइमा ध्यान नदिएको र एप्रोन सेतो प्रयोग नगरेको तथा पी.एस.मिट. शप पसल नवीकरण नगरेको पाइएको छ । त्यस्तै क्वालिटी कोल्ड स्टोर मःमः को पाकेजिङमा उत्पादन मिति नभएको, मासुको किमा लगायतमा लेबल राखेर मात्र बेचबिखन गर्न निर्देशन दिइएको छ । 

 

न्यू महालक्ष्मी कोल्ड स्टोरमा पसलमा सामानहरु दाना, जेनेरेटरलगायत अन्य सामानहरु जथाभावी राखेर व्यवस्थापन नगरेको, कमलविनायक मिट शपमा दर्ता प्रमाणपत्र पसलमा नराखेको, सामानहरु जथाभावी राख्दै, फोहर र एप्रोन सेतो प्रयोग नगरेको पाइएको छ ।

 

त्यस्तै विकास मिट एप्रोन प्रयोग नगरेको, सुरेन्द्र मिट हाउसमा मासु सफा गर्ने पानी एकदम दूषित भएको, सराज मिट शप दर्ता नवीकरण नगरेको, मूलढोका ब्रोइलर हाउस दुई वर्षदेखि पसल नवीकरण नगरेको, मूल्यसूची नराखेको निरीक्षक प्रजापतिले बताए ।

 

अनुगमनमा समितिका सदस्यसचिव दिलीपकुमार सुवाल, भनपा स्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, पशु सेवा शाखाका लालमती लामा, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा र नगरपालिकाका कर उपशाखाका न्हुज किजूको सहभागिता थियो ।


थप समाचार

१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

  • 6 minutes ago
१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

एजेन्सी । बलिउड फिल्मी दुनियाँको सुन्दर अभिनेत्रीमा बिपासा बासुको नाम अगाडि आउँछ । सन् १९७९ जनवरी ७ मा दिल्लीमा जन्मिएकी हुन् बिपासा । उनले सन् २००१ मा ‘अज्नबी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

स्वास्थ्य चौकी भवन उद्घाटन

  • 15 minutes ago
स्वास्थ्य चौकी भवन उद्घाटन

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

  • 19 minutes ago
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन अ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।