ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि सम्बन्धित निकाय मौन

प्रतिकात्मक फोटो

काठमाडौँ । सरकारले मासुजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति अबलम्वन गरेको छ । कुखुराको मासुमा मुलुक करिब करिब आत्मनिर्भर भएको भन्दै भारतबाट आउने जिउँदो कुखुरामा समेत व्यवसायीले स्वनियमन गरिरहेका छन् । वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ, तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन । भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु भित्रिरहेको हालैको एक घटनाले पुष्टि गरेको छ । 

 

दुईवटा गाडीमा हालेर भारतबाट ल्याइएको रु ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद भएसँगै बाह्य मुलुकबाट अवैधरुपमा ठूलो परिमाणको मासु भित्रिने गरेको तथ्य खुलेको हो । करिब पाँच/सात वर्ष अघि यसैगरी अवैधरुपमा भित्रिएको एक कन्टेनर मासु धादिङको धार्केमा नष्ट गरिएको थियो । त्यसपछि यति ठूलो परिमाणको मासु बरामद नभएको पशुसेवा विभागका वरिष्ठ पशु अधिकृत डा चन्द्र ढकाल बताउँछन् । 

 

राजश्व अनुसन्धान विभागले बरामद गरेको १२ हजार किलो मध्ये दश हजार ८०० किलो कुखुराको मासु भेटिएको थियो । बाँकी हाँस, माछा, राँगाको मासु रहेको जनाइएको छ । सञ्चय गर्न नसकिने भएकाले मासुलाई खाल्डोमा हालेर नष्ट गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । 

 

मासु आयातमा भन्सार कर्मचारीकै मिलेमतो रहेको आशङ्कामा विभागले अनुसन्धान केन्द्रित गरेको छ । “कुन तहको सहभागिता छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ, अहिले कर्मचारीको बयान लिने काम भइरहेको छ”, एक अनुसन्धान अधिकृतले भने । 

 

उक्त मासु भारतको गुजरातबाट ल्याइएको हो । त्यहाँबाट वीरगञ्ज या भैरहवा नाका हुँदै मासु आउनुपर्नेमा २५० किलोमिटर टाढा पर्ने सर्लाहीको मलङ्गवा नाकाबाट मासु भित्रिएको छ । अन्य नाकाबाट नसक्ने देखेपछि उनीहरुले मलङ्गवा नाका रोजेको विभागका एक अनुसन्धान अधिकृतको दावी छ । 

 

उनीहरुले ‘एसी भ्यान’ मा राखेर मासुसँगै आलु चिप्सलगायतका खाद्य वस्तु भित्र्याएका थिए । अन्य चिजवस्तु न्यून देखाएर भन्सार छलेको र मासु भने अवैधरुपमा भित्र्याएको पाइएको छ । मासु आयातमा प्रयोग भएको दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । 

 

मासु आयातमा सङ्लग्न चार जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको विभागका महानिर्देशक मैनालीले बताए । राजश्व छलीको आरोपमा पक्राउ पर्नेमा सिआर ट्रेडिङका सञ्चालक सर्लाहीकी रिङ्कु चौधरी र काठमाडौँको दीपज्योति इन्टर प्राइजेजका वासुदेव मरहठ्ठा छन् । एउटा गाडीका चालक र सहचालक पनि पक्राउ परका छन् भने एक चालक फरार रहेको विभागले जनाएको छ । 

 

सामान कात्तिक २० गते भित्रिएको हो । उनीहरुले मलङ्गवाबाट सामान भित्र्याउँदै छन् भन्ने सूचना प्राप्त भएपछि विभागको टोली खटिएको थियो । सर्लाहीबाट सामान भित्रिएपछि विभागको टोलीले पिछा गरेका थिए । थानकोट नाका भित्रिएपछि सामान नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गरिएको हो । विभागले गाडी मूल्याङ्कनको चरणमा पठाएको छ भने मासुबाहेकका अन्य सामान रु ७० लाखमा लिलाम गरेको छ । 

 

“सामान ल्याउँदा भन्सार घोषणा गर्नुपर्छ तर कुनै पनि प्रक्रिया पुर्याएको पाइएन, सोझै आर्थिक अपराध गरेको देखिन्छ”, महानिर्देशक मैनालीले भने । उक्त कम्पनीले यसअघि पनि ८/१० पटक यसैगरी सामान आयात गरेको देखिएको छ । 

 

उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को कसुर गरेको आरोपमा मुद्दा चलाउने तयारी गरिएको विभागले जनाएको छ । दोषी प्रमाणित भए बिगो असुल गरी दोब्बर जरिवाना तथा तीन वर्षको कैद सजाय हुनेछ । विभागले राजश्व छलीमा मात्रै गत डेढ वर्षको अन्तरालमा सय जना विरुद्ध रु सात अर्ब बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाएको छ । चालू आर्थिक वर्षमा मात्रै रु दुई अर्ब बिगो बराबरको राजश्व छलीमा मु्द्दा चलाएको छ । 


थप समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ वर्षमा प्रवेश

  • 5 minutes ago
राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ वर्षमा प्रवेश

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ३० वर्ष पुरा गरि ३१ औं वर्षमा प्रवेश गरेको छ । २०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठनको पहल भएको थियो । राप्रपा स्थापनाको ३१ औं वर्ष प्रवेशको अवस

शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

  • 22 minutes ago
शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले शनिबार दिउँसो १ बजे पार्टीको केन्

पाकिस्तानमा कोरोनाभाइरस, यस्तो छ पछिल्लो अपडेट

  • 24 minutes ago
पाकिस्तानमा कोरोनाभाइरस, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।