मेयर बन्न सभामुखबाट राजीनामा

अङ्कारा । टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । 

 

“मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उनले भने । 

 

उनले थपे, “विभिन्न क्षेत्रका हाम्रा जनताको चाहनानुसार काम गर्न निर्वाचित सांसदहरूलाई मिलाउने र सहमत गराउने प्रयास मैले गरेँ ।” 

 

सभामुखबाट राजीनामा दिनु भएका बिनालीले सत्तारुढ दल न्याय र विकास पार्टी (एकेपी)को तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गरेको छ । 

 

उनले राजीनामा दिएपछि सभामुखका लागि फेरी निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ । 

 


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 3 hours ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 3 hours ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 3 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।