IIMS College

ISMT

HUB Education

मेक्सिकोमा थप २९ शव भेटियो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीहरुले जनाएका छन् ।

 

स्थानीय अनुसन्धानकर्ताहरुका अनुसार मृत्यु भएका मध्ये चार जनाको शव मात्रा आंशिक रुपमा चिन्न सकिने अवस्थामा रहेको छ ।

 

अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो । 

 

मेक्सिकोका विभिन्न ठाउँमा सामुहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शवहरु निकालिएको छ । अरु पनि शवहरु खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।


थप समाचार

शनिबार भेटिएका तीन जना कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

  • 16 minutes ago
शनिबार भेटिएका तीन जना कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ । कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालक

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 1 hour ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 1 hour ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।