Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल-प्यालेस्टाइन युद्धः हालसम्म २० हजार प्यालेस्टाइनीको मृत्यु

इजरायल-प्यालेस्टाइन युद्धः हालसम्म २० हजार प्यालेस्टाइनीको मृत्यु


एजेन्सी । गाजामा इजरायली बमबारीबाट हालसम्म ८ हजार बालबालिका र ६ हजार २ सय महिलासहित २० हजार प्यालेस्टिनी मारिएका छन् ।

दर्जनौं इजरायली बन्धकहरूलाई हमासले बन्धक बनाए पनि इजरायलले अन्धाधुन्ध बमबारी गरिरहेको छ । उत्तरी गाजाबाट सुरु भएको हवाई आक्रमण दक्षिणी गाजासम्म पुगेको छ । यसबीचमा जमिन आक्रमण पनि बढेको छ । जताततै विनाश र चिच्याहट छ ।

युद्धविरामलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा महत्वपूर्ण मतदान हुने थियो तर अमेरिकाको बारम्बार भिटोका कारण त्यसलाई स्थगित गर्नुपरेको थियो ।

हालसम्म युद्धविरामबारेको बैठक र मतदान तीन पटक स्थगित भइसकेको छ । अमेरिकाले इजरायललाई लगातार हतियार आपूर्ति गरिरहेको छ । हमासको अक्टोबर ७ मा भएको आक्रमणमा मारिएका १२०० व्यक्तिमध्ये केही अमेरिकी नागरिक पनि थिए ।

बन्धकहरुको रिहाईका लागि इजरायल र हमासबीच सात दिने युद्धविराम पनि भएको थियो तर डिसेम्बर १ मा समाप्त भएपछि इजरायलबाट बमबारी बढेको छ । इजरायली सेनाले यसअघि गाजाको उत्तरी क्षेत्रमा मात्रै ट्याङ्कसहित घुसपैठ गरेको थियो तर अहिले दक्षिणतर्फ पनि अघि बढिरहेको छ । बम विष्फोटको बीचमा अमेरिकाले लगातार हताहत कम गर्न अपील गरिरहेको छ तर इजरायली सेनामा यसको कुनै प्रभाव छैन।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT