IIMS College

ISMT

HUB Education

नगरकोटका होटलमा क्वारेन्टाइन र दुवाकोट अस्पतालमा आइसोलेसन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले नगरकोटका होटललाई क्वारेन्टाइन र दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लाई आइसीयू एवं भेण्टिलेटरका साथै आइसोलेसन वार्डसहितको अस्पताल बनाउने भएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले आज भक्तपुरको प्रमुख पर्यटकीयस्थल नगरकोटका होटल र केएमसी अस्पतालको अनुगमन गर्दै होटल र केएमसी अस्पतालको अनुगमनपछि यस्तो निर्णय भएको हो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन विभागका निर्देशकसहित नगरकोट पुगेका मन्त्री भट्टराईले दुवै स्थानको अनुगमनपछि नगरकोटका होटललाई क्वारेन्टाइन र केएमसी अस्पताल दु्वाकोटलाई कोरोना सङ्क्रमणका बिरामीको उपचार गर्ने गरी तयारी गर्न प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई निर्देशन दिए ।

 

क्वारेन्टाइन र आइसोलेसन तयार गर्न प्रजिअ पाण्डेको संयोजकत्वमा महानगरीय प्रहरी परिसर भक्तपुर, वीर दल गणका गणपति, सशस्त्र प्रहरी गण दुवाकोटका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, नगरकोटका पर्यटन व्यवसायी सदस्य रहेको समिति बनाइएको छ । समितिले तत्कालै त्यसले अध्ययन गरेर होटलका कोठा छान्ने र क्वारेन्टाइनस्थल बनाउन लाग्ने स्रोतसाधनबारे जानकारी गराउन निर्देशन दिइएको छ ।

 

कोभिड–१९ सङ्क्रमित बिरामी बढ्दै गए उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै क्वारेन्टाइनदेखि आइसोलेसनसम्म तयारी अवस्थामा राख्ने गरी मन्त्री भट्टराईसहितको टोली, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारी, प्रजिअ, सुरक्षा निकायका प्रमुखबीच यसबारेमा छलफल भएको थियो । 

 

कोरोना भाइरसको सङ्क्रमणमका कारण बाह्य तथा आन्तरिक पर्यटन शून्य रहेको अवस्थामा खाली रहेका नगरकोटका होटलमा तत्काल ५०० कोठा प्रयोग गर्नेगरी क्वारेन्टाइन बनाइने भएको चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । यहाँका ११ होटलबाट एक हजारको क्षमता रहेको बारेमा मन्त्रीसहितको टोली र पर्यटन समितिबीच भएको छलफलमा तत्काललाई ५०० बेडको क्वारेन्टाइन तयार गर्ने र आवश्यकता पर्दा थप्दै जानेबारेमा सहमति भएको छ ।

 

होटललाई क्वारेन्टाइन बनाएपछि व्यवस्थापन कसरी गर्ने, सुरक्षाको व्यवस्था कस्तो हुन्छ, क्वारेन्टाइनमा रहेकाको सेवा, सुविधा र शुल्क के गर्ने भन्नेबारेमा व्यवसायीले छलफल गरेर निर्णय गरिने भएको छ । यसअघि मङ्लबार नेपाली सेनाको वीरदल गणका गणपति शिव पौडेलसहितको टोलीले नगरकोटका होटलको अनुगमन गरी क्वारेन्टाइन बनाउनेबारे अध्ययन गरेको थियो ।

 

नगरकोटमा सञ्चालनमा रहेका होटलमा दुई हजार कोठा रहेका छन् । त्यसमध्ये पाँच सयलाई तत्काल क्वारेन्टाइन बनाउन निर्देशन दिइएको छ । व्यवसायीले क्वारेन्टाइनस्थल बनाउन सहयोग गर्ने र अन्तिम निर्णय व्यवसायीको आन्तरिक छलफलपछि दिइने नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

 

सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा बनाइएको समितिले काठमाडौं उपत्यकामा पाँच हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको र यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिने भएको छ । मन्त्री भट्टराई नेतृत्वको टोलीले आजै दुवाकोटस्थित केएमसी अस्पतालको अनुगमन गरेको छ । चाँगुनारायण नगरपालिकामा रहेको उक्त मेडिकल कलेजमा ४० श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड तयार पारिने भएको छ ।

 

त्यहाँ आवश्यक पर्दा २०० श्ययाको आइसोलेसन वार्ड बनाउन सकिने देखिएको छ । तर पर्सनल प्रोटेक्टिभ इक्वीपमेट (पीपीई) लगायतका सुरक्षा उपकरण चाहिने अस्पतालले बताएको छ । यस अस्पतालमा भेण्टिलेटर सहितको आईसीयू र अन्य आवश्यक पूर्वाधार तयार गरी आवश्यकता परे कोरोना भाइरस सङ्क्रमितको समेत उपचार गर्न मिल्ने गरी आइसोलेसन तयार गरिने भएको छ ।


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 1 hour ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।