Techie IT
२०८१ वैशाख १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँ महानगरले चार ठाउँलाई तोक्यो फूल बिक्री केन्द्र

काठमाडौँ महानगरले चार ठाउँलाई तोक्यो फूल बिक्री केन्द्र


काठमाडौँ । काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ।

महानगरले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताउनुभयो। उहाँले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए।

उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रर्वद्धन गर्न सहुलियत गर्न चार ठाउँमा स्टल राख्ने बताए। उनले चार ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए।

उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने भएको हो। उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सबैले पहल र व्यवस्थित रुपमा अघि बढ्न आवश्यक रहेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासकाे आग्रह

काठमाडौँ । पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन

रसुवामा सम्बन्धविच्छेदका घटना बढे

रसुवा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५

ललितपुरको बडिखेलमा लागेको डढेलोमा परेर घाइते भएका रमेश पहरीको पनि…

काठमाडौँ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै

काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ

इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची

मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्छः…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्ने बताएका छन् । विश्व मजदुर

Techie IT