ISMT

HUB Education

प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र (तस्वीर)

Education Park

Kathmandu Trade Show

काठमाडौँ । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उहाँलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो । नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ । 

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ । 

प्रत्येक नेपाली नागरिकलाई एक अर्कासँग मेल नखाने परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम अनुरुप उक्त परिचयपत्र वितरण गरिएको हो । 

तस्वीरः रत्न श्रेष्ठ/चन्द्रकला क्षेत्री

थप समाचार

अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

  • 47 seconds ago
अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

एजेन्सी । थाइल्यान्डमा नयाँ कानुन लागु गरिएको छ । उक्त कानुनमा उल्लेख गरिएअनुसार तपाई आफ्नो घरमा बसेर पनि धुम्रपान गर्न सक्नुहुन्न । यदि घरमा धुम्रपान गरेको पाइएमा जेल सजाय हुनेछ ।

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

  • 23 minutes ago
पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती

बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

  • 38 minutes ago
बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

एजेन्सी । बलिउडमा फिल्मको वर्षा नै हुन्छ । यसमा कुनै फिल्मले आक्रामक व्यापार गर्छ भने, कुनै फिल्मले लगानि समेत उठाउन सक्दैन । बलिउडले दर्शकको साथ एकदमै पाउँछ भने, भारतमा मात्र नभई अन्य देशहरुमा पनि मन

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व