बेलायतको टनब्रिज कार्निभलमा नौमती बाजाको आकर्षण

  • बुधबार, ४ आषाढ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

लण्डन । नेपाली कम्युनिटी टनब्रिज केन्ट र प्रथम नौमती बाजा गुल्मी युकेको समुह  गत १६ जुन, केन्टस्थित शान्त शहर टनब्रिजमा नेपाल भ्रमण वर्षको प्रबर्द्धनमा जुटेका छन् । अति घमाइलो मौसमको संयोगमा शहरको दायाँबायाँ सडकमा रमिता हेर्नेको घुईचो थियो भने हजारौ दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए ।

 

’टनब्रिज समर कार्निभल’ मा एउटा भिन्न आकर्षण थियो नौमती बाजाको । प्रथम नौमती बाजा गुल्मी यूके समूहले त्यहाँ हालै नेपाली मौलिक धुन घन्काउँदा रमितेहरूको ध्यान नखिच्ने कुरै भएन । ’अरू ब्यान्डभन्दा हाम्रो नौमतीको रौनकताले सबैलाई आकर्षित गर्यो । उक्त समूहका प्रमुख संयोजक ओमप्रसाद थापा हसिलो मुद्रामा भन्दै थिए, ’सडकमा लामबद्ध हजारौं जनाले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लाग्यो ।’

 

 

सेन्सवरी कार पार्कछेउ एकत्रित भएर नौमती समूहले करिब एक किमि मार्च पास गर्यो अन्य ब्यान्डसँगै । मेयर जिल एन्डरसन र टनब्रीज लायन्स क्लब अध्यक्ष टम साइमन्सको मन समेत स्थानीय नेपाली कम्युनिटी नौमती बाजाले छोएको थियो ।  नौमती बाजाको उत्कृष्ट प्रर्दशनको यस कार्निभलमा स्थानीयबासीको उच्च मुल्यांकन भएको र दर्शकको सहभागीता आकर्षक रहेको बताए ।

 

 दर्जनौं प्रतिस्पर्धी ब्यान्डबीच नौमती बाजा समुह र नेपाली कम्युनिटी यस वर्ष पनि उत्कृष्ट कम्युनिटी अर्वाड प्राप्त गर्न सफल भएका  छन्  ।

 

नौमती बाजाले यसअघि लगातार तीन वर्ष प्रथम स्थानमा आई ह्याट्रिक गरेको थियो यस्तै कहिले दोस्रो, कहिले प्रथम हुदै आएको पनि थापाले जनाए । टनब्रिज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित सहभागी छ ।यस  कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरूको मेडल, गोर्खा ह्याट लगायर र आर्मी पोसाकमा ठाँटिएर मार्चिङमा सहभागी थिए ।

 

जसमा नेपाली कम्यूनिटी टनब्रिज केन्टका अध्यक्ष लेफ्टिनेन्ट मोहन राना, उपाअध्यक्षद्धय चन्द्र शाही र पवित्रा बुढाथोकी, सचिव भेष थापा कोषाध्यक्ष याम गुरूड मिडीया पिआर संयोजक दुर्गा बुढाथोकी साथै नेपाली समाज टनब्रिज केन्टका महिला समुहकी अध्यक्ष श्रीमती मानु थापा को नेतृत्वमा दिदीबहिनीहरूको सामुहिक नाँच र नवयुवाका अध्यक्ष विकास रानाको नेतृत्वमा नानीहरूको टिपीकल नेपाली पोशाक र बाजागाजासहित सहभागी मार्चपासले सबैको मन तानेको थियो ।

 

यसवर्ष ४० भन्दा बंढी समुदायको सहभागिता रहेको थियो भने पहिलोपटक ईण्डियन कम्यूनिटीको सामुहिक डान्स र ढोलक ब्याण्ड पनि नौलो अनि रोचक थियो ।साथै ऊक्त दिन नौमती समुहको लागी खानपिन निःशुल्क प्रायोजन काठमाडौं भ्याली रेस्टुरेण्टका प्रोपाईटर मदन आले मगर र उनको टिमले गरेका थिए ।नौमती समुहका प्रमुख सयोजक ओम थापा काउचा तथा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष टोप पल्ली, महासचिव तथा समुहका सयोजक बिर बलाल, बिन भुजेल, लाल काऊचा, ठाम रोका, पदम गुरुङ, याम गलामी, के रि बिर बहादुर थापा, होमलाल राना, याम थापा रहेका थिए ।

 

 

बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रबर्द्धन गरिरहेको प्रथम नौमती बाजा गुल्मी युके समूह सम्मिलित टिम केहीअघि अल्डरसट फान्ब्रो, स्थानीय नेपालीहरूको साझा संस्था ग्रेटर रश्मोर नेपाली कम्युनिटी, नयाँ युवा समेतको साझेदारीमा ८ जुनमा भिक्टोरिया डे मा सफल भएको थियो । साथै विभिन्न ठाउँ–ठाउँमा नेपाल कम्युनिटीहरूसँग र अन्य समुदायसँग सहकार्यहरूमा पनि सहभागी हुन व्यस्त रहेको छ ।

 

आउँदो जुलाई १३ का दिन युरोपमा पनि सहभागीता जनाउनको लागि अहिले तयारी भइरहेको छ । करिब लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको लन्डन मेला २०१९ मा सहभागी हुने तयारीमा छ ।’हरेक कम्युनिटी प्रोग्राममा निःशुल्क सहभागिता जनाइरहेका छौं । खाली  यातायात र जलपानको मात्र थोरै शुल्क लिने गर्दछौ । समूहका प्रमुख संयोजक थापाले भने, ’यहाँ मौलिक कलासंस्कृति प्रचार गर्न पाउनु र केही भए पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु तथा यसवर्ष बिशेष रुपमा ‘भिजिट नेपाल २०२०’ लाई केही भए पनि टेवा पुर्याउनु नै हाम्रो उद्धेश्य नै हाम्रो समुहको आम्दानी हो ।’

 

साथै गुल्मी जिल्ला समाज युकेसँग सहकार्य गर्दै आशा अपाङ्ग केन्द्र तम्घासका लागि आर्थिक संकलन गर्दै नेपालका अंपाग असाहयहरूलाई सहयोग पनि गर्दै आएको छ ।उक्तदिन सदा वर्षहरूमा जस्तै रोयल ब्रिटिश लिजनको निम्ति स्थानीय लायन्स क्लब, रोयल ब्रिटिश लिजनसँग सहकार्य गरी आर्थिक संकलनमा सहयोग पुर्याउँदै आएको पनि बताइएको छ ।

 

 

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 53 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 56 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 1 hour ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।