IIMS College

ISMT

HUB Education

नेकपाको सचिवालय बैठकमा शीर्ष नेताको मत बाझियो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेकपा सचिवालय बैठकमा पोलिटब्युरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरूको मत बाझिएको छ।

 

अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालको मत फरक–फरक आएको हो।

 

ओली र प्रचण्ड केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने नेपाल र खनालले पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा टुंग्याएर मात्र कार्यविभाजन गर्नुपर्ने मत राखेका छन् ।

 

‘उहाँहरू ९अध्यक्षद्वय० अहिले पोलिटब्युरो कमिटी नबनाऔँ, पहिले कार्यविभाजन टुंग्याऔँ भन्ने पक्षमा देखिनुभएको छ । हामी पोलिटब्युरो कमिटी टुंग्याएपछि मात्रै कार्यविभाजन सजिलो हुन्छ भनिरहेका छौँ,’ नेपाल–खनाल पक्षधर एक शीर्ष नेताले भने, ‘पहिले अध्यक्षद्वयले कसरी जाने भन्ने सम्बन्धमा कार्यविभाजनको मापदण्डसहितको प्रस्ताव ल्याएपछि मात्र अघि बढ्ने कुरा प्रस्ट हुन्छ।’

 

नेताहरूको मत बाझिए पनि पहिले कार्यविभाजनको ठोस प्रस्तावका लागि मापदण्ड बनेपछि बाँकी छलफल गर्ने सहमति जुटेको छ । आवश्यक गृहकार्यका लागि आइतबार सचिवालय बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबारदेखि थाती सबै एजेन्डा टुंग्याउने उद्देश्यले लगातार सचिवालय बैठक बसिरहेको छ।

 

पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा पनि छलफलमै रहेकाले कार्यविभाजनको मापदण्ड बनेपछि थप रणनीति बनाउने तयारीमा वरिष्ठ नेता नेपाल छन् । यसअघि पोलिटब्युरो कमिटी गठन टुंग्याएर कार्यविभाजनको प्रस्तावमा छलफल गर्ने सहमतिविपरीत अध्यक्ष ओली अघि बढ्न खोजेको भन्दै नेपाल केही सशंकित बनेको स्रोतले जनाएको छ।

 

सचिवालय सदस्य को कता ?

 

नौ सदस्यीय सचिवालयमा अध्यक्षद्वयका पक्षमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल उभिएका छन् भने नेपाल र खनालको मतमा प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल र वामदेव गौतमले भने प्रस्ट धारणा राखेका छैनन्। आजको नयाँ पत्रिकाबाट ।


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 9 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 10 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।