IIMS College

ISMT

HUB Education

नेकपाका नेता दोहोरो सुविधा लिँदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेता र सचेतकको नाममा प्रदेश २ को सभाबाट दोहोरो सुविधा लिँदै आएको छ।

 

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा भएको झन्डै ९ महिना बित्दा पनि प्रदेश सभालाई जानकारी गराइएको छैन।

 

पार्टी एकीकरण गरेर नेकपाले प्रदेश इन्चार्जदेखि सचिवसम्म तोकिसकेको छ । तर, प्रदेश सभालाई भने जानकारी गराएको छैन । पार्टी एकताबारे प्रदेश सभामा औपचारिक जानकारी नआएको सभामुख सरोजकुमार यादवले बताए।

 

प्रदेश कमिटी गठन नभएकाले पार्टी एकीकरणबारे प्रदेश सभालाई जानकारी गराउन ढिलाइ भएको नेकपाका प्रदेश इन्चार्ज तथा प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए । ‘बुधबार नै पार्टी एकीकरण र संसदीय दलका नेता र सचेतकको विषयमा चिठी पठाएर सभामुखलाई जानकारी गराउँछौँ,’ उनले भने।

 

पार्टी प्रदेश कमिटीको विधान नबनेसम्म संसदीय दलको नेतामा सत्यनारायण मण्डल, उपनेतामा रामचन्द्र मण्डल, प्रमुख सचेतकका सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा दिलीप साहलाई चयन गरिएको छ । पार्टीको प्रदेश कमिटीको विधान बनाउन ७ सदस्यीय समितिसमेत गठन गरिएको मण्डलले बताए। आजको नयाँ पत्रिकाबाट ।


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 9 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 11 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 11 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।