Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहमासद्वारा बन्धक बनाइएका ६ इजरायलीको शव फेला

हमासद्वारा बन्धक बनाइएका ६ इजरायलीको शव फेला


एजजेन्सी । प्यालेष्टाइनी भुमी गाजाको खान युनिस शहरमा ६ जना इजरायली बन्धकहरूको शव फेला परेको छ । इजरायलले गरेको सैन्य कारवाहीका क्रममा ६ जनाको शव बरामद गरिएको हो ।

इजरायली डिफेन्स फोर्स आइईडीएफका अनुसार ती ६ जना इजरायली नागरिकहरु गत अक्टोबर ७ मा हमासले अपहरण गरेका ब्यक्तिहरु हुन् । ती शवहरु हमासले निर्माण गरेको सुरुङमा फेला परेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै ६ जना बन्धकको शव बरामद गरेकोमा दुख व्यक्त गर्दै ती छ जनाकै शव इजरायल फिर्ता ल्याउन सफल भएको प्रतिक्रिया दिएका छन् । साथै उनले गाजामा आफना सैनिकले जारी राखेको काम कारवाहीको प्रशंसासमेत गरे ।

यसैबीच इजरायलका रक्षा मन्त्री योभ गालान्टले हमासको नियन्त्रणमा रहेका इजरायलमा बन्धकहरूलाई फिर्ता गर्ने र हमासलाई ध्वस्त पार्ने अभियानमा आफुहरु रहेको जानकारी दिए ।

शव बरामद गरिएका ६ जना गाजा सीमा नजिकको किबुट्ज निर ओजका बासिन्दाहरु रहेकोमा हमासको कब्जामा परेका थिए ।
तीमध्ये मुन्डर नामका इजरायली नागरिकसँगै उनकी श्रीमती, छोरी र नातिपनि अपहरणमा परेकोमा मुन्डर बाहेक श्रीमती र नातीलाई गत नोभेम्बरमा इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा रिहा गरिएको थियो भने मुन्डरका छोरा रोई आक्रमणको क्रममा मारिएका हुन् ।

ती ६ जना बन्धकको शव इजरायल ल्याएर परिवारजनलाई बुझाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT