Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउँदो शनिबारबाट

‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउँदो शनिबारबाट


काठमाडौँ। नेपालको पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०)बाट प्रसारण हुने भएको छ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरियो। दोस्रो सिजनको पहिलो भागमा राजनितिज्ञ केशव स्थापित रहेका छन्।

यो शो प्रत्येक शनिबार राती ८ः४५बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण हुने जानकारी गराइयो। पहिलो सिजनको तुलनामा अझै राम्रो र केहि परिमार्जन गरिएको आयोजक टिमले जनाएको छ।

शोकी निर्देशक श्रृद्धा प्रसाईका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरन्जन लिन सक्नेछन्। उनी भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा मिहिनत पनि बढी गरिरहेका छौं। साथै परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन्।’

शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेष्ट अझ बिशेष भएको जानकारी गराए। उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागी पनि बिभिन्न कलाकारदेखी राजनितिज्ञसँग कुरा भइरहेको जानकारी गराए।

बढी ब्यंग्य हुने भएकाले गेष्ट आउन गाह्रो मान्छन् रे नि भन्ने सन्चारकर्मिहरुको प्रश्नमा बिक्की भन्छन्, ‘पहिलो सिजनमा केहि समय त्यस्तो भएको हो तर अहिलेको सिजनमा त्यो छैन। किनकी हामीले अहिलेको सिजनमा गेष्टलाई पहिलेनै यत्तिको ब्यंग्य गर्दैछौं अथवा कार्यक्रम छायांकन भइसकेपछि पनि उहाहरुले कुनै दृश्य नराख्नु भने भने सम्पादन गरिदिने गरेका छौं।’

शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईँले गरेका छन्। चापागाईँका अनुसार पहिलो सिजन भन्दा दोस्रो सिजनमा गेष्ट ल्याउनका लागी धेरै सहज भएको छ। ‘पहिलो सिजनमा कस्तो हो भन्ने धेरैलाई थियो। पहिलो सिजनको पनि अन्तिम अन्तिममा धेरै गाह्रो थिएन। एकपटक बुझाएपनि गेष्ट आउन खोज्नुहुन्छ। किनकी हाम्रो शोको फम्र्याट नबुझेर मात्रै सुरुमा केहि समय गाह्रो भएको हुन सक्छ।’ चापागाईँले भने। ‘अहिलेको सिजनमा आउनुभएका गेष्ट निकै खुसी हुनुहुन्छ र छायांकन गर्न बाँकी भागका लागी पनि केहि कलाकार तथा राजनितिज्ञसँग कुरा भइसकेको छ।’

एन क्यासको प्रस्तुती रहेको आम्मा कसम याँ दुख्छको पहिलो भागको प्रोमोमा केशव स्थापित खुलेरै शोमा गएको देखिन्छ। प्रोमो सार्वजनिक कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्री, कि एडभर्टाइमेन्टका प्रमुख रबिन्द्र कुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो।

यस शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन्। यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश चौतम भित्रिएका हुन्। शोको लेखनको काम शुशान्त बस्याल र बिकाश अर्याल रहेका छन् भने शोको स्टाइलिस सुदेशना महर्जन हुन्। शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT