IIMS College

ISMT

HUB Education

नयाँ नेतृत्व चुन्दै नेप्लिज सेफ एशोसिएसन यूके

  • बुधबार, २० चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतमा कार्यरत नेपाली सेफहरुको संस्था 'नेप्लिज सेफ एशोसिएसन यूके' यतिबेला आफ्नो नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ । 

 

आउँदो सोमबार ८ अप्रिलमा लण्डनको ईष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा तय दोस्रो अधिवेसनले संस्थालाई नयाँ नेतृत्व दिलाउँदैछ । साँझ ६ बजेदेखि सुरु हुने अधिवेसनमा संस्थाका विगतका गतिविधिहरुको समिक्षाका साथै भावी कार्यदिशा तय समेत गरिनेछ । 

 

एशोसिएसनका अध्यक्ष कृष्ण तिमल्सेनाले संस्थाको भावी नेतृत्व सर्वसम्मतिमै चुन्ने प्रयास भइरहेको जानकारी दिएका छन् । नयाँ नेतृत्व चयनको लागि एनआरएन अभियन्ता रामशरण सिम्खडाको  संयोजकत्वमा व्यवसायी बिजन भट्ट र पत्रकार फडिन्द्र भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । 

 

यकिन तथ्यांक नरहेपनि अहिले बेलायतमा कार्यरत नेपाली सेफहरुको संख्या ३ हजारदेखि ३५ सयको हाराहारीमा रहेको अनुमान एशोसिएसन अध्यक्ष तिमल्सेनाको छ । यीनै नेपाली सेफहरुलाई एकबद्ध गर्दै उनीहरुको प्रोफेसनल र व्यवसायिक विकासमा समेत सहयोग गर्ने उद्धेश्यले सन् २०१२ मा एशोसिएसन स्थापना भएको थियो । 

 

एशोसिएसनमा अहिले लण्डनबाहेक आसपास र लिभरपुल, मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स लगायतबाट समेत गरी करिब ५ सय नेपाली सेफहरु आबद्ध भइसकेका छन् । 

 

एशोसिएसन अध्यक्ष कृष्ण तिमल्सेना

 

बेलायतका एक अग्रणी सामाजिक अभियन्ता समेत रहेका तिमल्सेनाको नेतृत्वमा गठित तदर्थ समितिले त्यसको केहि समयपछि पहिलो अधिवेसन सम्पन्न गरेको थियो । उक्त अधिवेसनले पनि संस्थाको नेतृत्व तिमल्सेनालाई नै सुम्पिएको थियो । 

 

एशोसिएसनको अवधारणा बनाउनेदेखि तदर्थ समिति र पहिलो कार्यसमिति समेतको नेतृत्व सम्हालेका तिमल्सेनालाई आउने नेतृत्वले संस्थालाई अझ बढि व्यापक र सशक्त बनाउने विश्वास छ । 

 

'नेपालबाट बेलायत आएर सेटल हुनेमा गोर्खाहरुबाहेक सेफहरु नै पहिलो रहेको देखिन्छ । सन् १९६० को दशकमै नेपाली सेफहरु बेलायत आएको इतिहास छ', तिमल्सेना भन्छन्, 'यति ठूलो इतिहास र यति धेरै सदस्यहरु रहेको यो संस्थाको भविष्यमा अझ ठूलो सम्भावना मैले देखेको छु ।' 

 

आसन्न दोस्रो अधिवेसनमा सहभागिताको लागि अध्यक्ष तिमल्सेनाले बेलायतमा कार्यरत सम्पुर्ण नेपाली सेफहरुलाई अपील गरेका छन् । 

 

 


थप समाचार

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

  • 19 minutes ago
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा आइतबार बिहान वालुवाटारमा विशेष कार्यक्रमको आयोजन

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 25 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

  • 30 minutes ago
‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।