ISMT

HUB Education

बेलायती युनिभर्सिटीमा नेवारी भाषा र संस्कृतिबारे कार्यशाला

  • आइतबार, २७ जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

लण्डन । लण्डनस्थित सोआस युनिभर्सिटीमा शनिबार नेवारी भाषा (नेपाल भाषा) र संस्कृतिका सम्बन्धमा एक कार्यशाला सम्पन्न भएको छ । 

 

सोआस युनिभर्सिटी लण्डनको नेवारी भाषा सोसाइटीले पासा पुचः गुठी यूकेसंगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको थियो । 

 

कार्यशालामा उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु र पासा पुचः गुठी यूकेका सदस्यहरुसहित करिब २ दर्जनको सहभागिता थियो । 

 

कार्यशालाको सुरुमा नेवारी भाषामा कसरी कुराकानी गर्ने भन्ने सम्बन्धमा आधारभूत  प्रशिक्षण गराइएको थियो । त्यसपछि पछिल्लो केहि वर्षदेखि नेवारी भाषाको अध्ययन गरिरहेकी इटालियन नागरिक म्यारीलिना फ्रिसोनले नेवार समुदायले मनाउने पर्व योमरी पुन्हीसम्बन्धी एक प्रिजेन्टेसन गरेकी थिइन् । 

 

 

 

कार्यशालाको दोस्रो चरणमा पासा पुचः गुठी , साउथ ईस्ट लण्डनका अध्यक्ष सुशिल प्रजापतिले नेवार समुदायमा खेलिने बागचाल लगायतका ३ प्रकारका विभिन्न परम्परागत खेलहरुबारे प्रिजेन्टेसन गरेका थिए । 

 

प्रजापतिले लाखे, ख्याक, भैरवनाच, कंकाल नाच लगायतका मौलिक नेवारी मुकुण्डो नाचहरु, तीनमा प्रयोग हुने मुकुण्डो र बजाइने बाजाहरुका सम्बन्धमा सहभागीहरुलाई विस्तृत जानकारी गराएका थिए । 

 

 

कार्यशालाका सहभागीहरुले पासाः पुच गुठी यूकेका उपाध्यक्ष ओजेश सिंहले तयार पारेको मौलिक नेवारी खाना समयबजीको स्वादमा रमाउने मौका पनि पाएका थिए । 

 

कार्यशालाको अन्त्यमा नेवारी भाषासम्बन्धी एक वृत्तचित्र देखाइएको थियो । लोपोन्मुख नेवारी भाषा कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे कार्यशालाका सहभागीले छलफल समेत गरेका थिए । 

 

सोआस युनिभर्सिटीको नेवारी भाषा सोसाइटीले नेवारी भाषा र संस्कृतिका सम्बन्धमा कार्यशाला आयोजना गरेको यो दोस्रोपटक हो । एक लोपोन्मुख भाषाका रुपमा नेवारी भाषाको संरक्षण गर्ने उद्धेश्यले यसको अध्ययन गरिरहेका विद्यार्थीहरुको सक्रियतामा यो सोसाइटीले यस्ता कार्यक्रम गर्दै आएको छ । 

 


थप समाचार

आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

  • 3 minutes ago
आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै नमर्ने बताएका छन् । बुधबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफू अझै १५ वर्ष बाँच्ने बताएका हुन् । कार्यक

कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

  • 6 minutes ago
कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

एजेन्सी । बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलैका अरोराको जोडी । तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो । आखिर कसरी हुन पुग्यो उनीहरुबीच डिभोर्स ?

काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

  • 11 minutes ago
काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

काठमाडौँ । फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।