त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना

  • बिहीबार, १४ चैत, २०७५
  • 1 year ago
  • युके

 

लण्डन । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक एनआरएन डेस्क स्थापना गरिएको छ। 

 

बिहिवार विमानस्थलमै आयोजित एक समारोहमा औपचारिक रुपमा उक्त डेस्कको उद्घाटन  गरिएको हो।

 

सो कार्यक्रममा एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त तथा कुल आचार्यको पनि उपस्थिति थियो । 

 

गैआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको १६ वर्ष पछि पहिलो पटक नेपाल सरकारले गैरआवासीय नेपालीहरुको लागि त्यस्तो डेस्क स्थापना गरेको हो।

 

 

गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा आएका अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग एनआरएन यूकेले गरेको अन्तक्रिामा यो विषय उठेको  थियो । 

 

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी,  महासचिव राजकुमार  त्रिपाठी लगायतले  अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र बुझाएका थिए । यसै साता अध्यक्ष भवन भट्टले गृह  मंत्री रामबहादुर थापा लाई एक पत्र लेखी  एनआरएन डेस्क स्थापना गर्न अनुरोध गरेका थिए । 

 

डेस्क स्थापना गर्ने कार्यको समन्वय गरेका गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले यो अभियानमा सघाउने सबैलाई धन्यवाद दिएका छन्।

 

 

उनले अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल, विभागका  अन्य अधिकृतहरु लगाएत सबैलाई धन्यवाद दिदै केन्द्रिय अध्यक्ष भवन भट्ट  तथा आइसीसीका सबै पदाधिकारीहरुको पहल तथा सहयोगको आफुले सम्मान गरेको जनाए । “अब संसार भरि रहनु भएका सबै गैर आवासीय नेपाली मित्रहरुको नेपाल यात्रा सुखद र झन्झटमुक्त हुने मैले  विश्वास लिएको छु,“ उपाध्यक्ष आचार्यले भने । 

 

एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठीले पनि समस्त एनआरएनहरुको आवश्यकतालाई मध्यनजर गरी एनआरएन यूकेले उठाएको मागलाई अघि बढाउन साथ दिने एनआरएन आइसिसी र सुनुवाई गरिदिने  नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । 

 

 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 24 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 37 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।