IIMS College

ISMT

HUB Education

एनआरएनए इंग्ल्याण्ड राज्य परिषदमा गरियो जिम्मेवारी बाँडफाँड

  • सोमबार, ३० मंसिर, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैर आवासीय नेपाली संघ , राज्य समन्वयन परिषद, इंग्ल्याण्डले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ ।

 

आइतबार परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले कार्यसमिति सदस्य प्रकाश न्यौपानेलाई प्रवक्ता चयन गरेको छ। 

 

त्यसैगरी, संस्कृति तथा च्यारिटी विभागमा उपाध्यक्ष लाल बहादुर गुरुङ, भाषा तथा साहित्य विभागमा सहसचिव कृष्ण वैद्य, खेलकुद तथा युवा विभागमा सहकोषाध्यक्ष चन्दन गुरुङ र महिला तथा विद्यार्थी उत्थान तथा विकास विभागमा सदस्य वन्दना केसी संयोजक तोकिएका छन् । 

 

बैठकले नेपाली नगरिकता निरन्तरतासम्बन्धी विषयमा आउँदो जनवरी ५ तारिख आइतबार अल्डरसटमा एक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।  

  

आम गैरआवासीय नेपालीहरुको चासो रहेको नेपाली नागरिकता निरन्तरता, पैत्रिक सम्पतिको सुरक्षा, लगानीको अधिकार तथा सुरक्षा, गैर आवासीय नेपाली संघ को सदस्यताको औचित्य, आवश्यकता तथा अधिकार जस्ता विषयमा अन्तरक्रिया केन्द्रित रहनेछ ।  

 

कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. हेमराज शर्मा, नेपाली नागरिकता निरन्तरता अभियानका अभियन्ताहरु गोविन्द बेल्वासे र सुरेन्द्र नेपाली श्रेष्ठ मुख्य वक्ता रहनेछन् ।

 

त्यसअवसरमा सहभागीले प्रत्यक्ष रुपमा राख्ने प्रश्न एवम् जिज्ञासामा समेत उनीहरुले जवाफ दिनेछन् ।यसअघि परिषदको दोस्रो बैठकद्वारा मनोनित सदस्य तथा सल्लाहकारहरुलाई पनि सोहि अवसरमा स्वागत तथा सम्मान गरिने भएको छ । 

 

बैठकमा अध्यक्ष दीपक श्रेष्ठले गैर आवसीय नेपाली संघ यूकेबाट सदस्यता कार्ड वितरण गर्ने कार्य इङ्गल्याण्ड राज्य समन्वय परिषदले जिम्मा लिएको जानकारी गराए । तर कार्डमा पोष्ट कोड नभएको कारणले वितरण गर्ने कार्य चुनौतीपुर्ण बनेकोे छ ।

 

परिषद अध्यक्ष श्रेष्ठले जनवरी ५ को मध्यान्ह १२ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागि सबैलाई आग्रह गरेका छन् ।

 

 


थप समाचार

रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

  • 6 seconds ago
रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पनि खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएको छ । अन्य ठूला दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले भारी पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको अवस्थामा रियलले पनि

भोकभोकै मर्न थाले गाईबस्तु

  • 1 minute ago
भोकभोकै मर्न थाले गाईबस्तु

बेनी । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन् ।

सुनसान पशुपति

  • 7 minutes ago
सुनसान पशुपति

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलन नदिनको लागि सरकारले लकडाउन गरेको लामो समय भइरसकेको छ । यस समयमा अत्यावशेक कामबाहेक अन्य कामको शिलशिलामा मानिसहरु बाहिर निस्केका छैनन् । सोही कारणले



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।