IIMS College

ISMT

HUB Education

एनआरएनए वर्तमान कार्यसमितिका अहिलेसम्मका १० महत्वपुर्ण उपलब्धि

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले संघका पछिल्ला १० महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेका छन् । 

 

डा. शर्माले सन् २०१९ संघको लागि अत्यन्त फलदायी र सुखद् रह्यो रहेको बताउदै गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति गठन गर्नुका साथै विभिन्न नवीनतम कामको शुभारम्भ गरेको वताए । 

 

डा. शर्माले नयाँ वर्षको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै  सन् २०२० मा विगतका कामलाई निरन्तरता, आवश्यकता अनुसार परिमार्जन, परिवर्तन र नवीन सोचका साथमा एनआरएनएको नयाँ अध्याय थप्ने प्रयास जारी रहने बताएका छन् ।

 

नयाँ कार्यसमितिको ७४ दिनको समयलाई फर्केर हेर्दा, एनआरएनएले विगतमा थालेको लाप्राक नमुना बस्ती लगायतका परियोजना र अन्य नियमित कामहरुको निरन्तरता दिईरहेको छ । 

 

डा. शर्माले संघले यसअघि शुरु गरेका परियोजना वाहेकका १० उपलव्धी सार्वजानिक गरेका हुन् । उनले पुरना परियोजनामा नियमित काम भइरहेको जनाए । 

 

यस्ता छन् संघका पछिल्ला १० उपलब्धि 

 

१ दश अर्बको सामूहिक लगानी कोष संकलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक सञ्चालक समितिले काम गरिरहेको छ । त्यसका लागि चार्टर एकाउण्डेट तथा बैंकका पुर्व कार्यकारी प्रमुख अनल भट्टराईको संयोजकत्वमा रहेको एक विज्ञ सम्मिलित टोलीले कोषको अवधारणापत्र तयार गरिरहेको छ ।

 

२ नेपाल भ्रमण वर्ष २०२० का सफल पार्न निवर्तमान अध्यक्ष भवन भट्टको नेतृवमा रहेको समिति र राष्ट्रिय समन्वय परिषद्हरुले तीव्र गतिमा काम गरिरहेका छन् ।

 

३ सामुहिक नेतृत्वको अवधारणा अनुरुप संघमा विभागीय संरचना लागु गरिएको छ । फ्ल्यागशिप प्रोजेक्ट, वैदेशिक रोजगार, व्यापार लगानी तथा नेपाल प्रवर्द्धन, एनआरएनए नलेज एकेडेमी, परोपकारी तथा मानव कल्याणकारी हित, महिला तथा युवा, संगठन तथा प्रशासन, र एनआरएनए फाउण्डेसन गरी ८ विभागहरु गठन गरी त्यसको नेतृत्व क्रमशः कुमार पन्त, डा। बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी, सोनाम लामा, रविना थापा, डा हेम राज शर्मा र महेश श्रेष्ठले गरिरहनुभएको छ । विभागीय प्रमुखले कार्यकालको कार्ययोजना जनवरीमा पोखरामा हुने बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।

 

४ दोश्रो एनआरएन विज्ञ सम्मेलन काठमाडौमा गर्न डा. हेम राज शर्मा र विशेषज्ञहरुको समितिद्वारा तयारी तीव्र बनाइएको छ । अक्टोवर २०२० मा धुलिखेलमा सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

 

५ नेपाल र विदेशमा एनआरएनए फाउण्डेशन स्थापना गर्न कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एकनाथ खतिवडा, डा पुरु श्रेष्ठ लगायतको टोलीले अवधारणापत्र बनाइरहेको गरिरहेको छ । आगामी अक्टोवरभित्र फाउण्डेशन स्थापना गर्ने र एनआरएनएले सञ्ंचालन गर्ने सबै परोपकारी परियोजना फाउण्डेशन मातहत ल्याउने तयारी गरिएको छ ।

 

६ पारदर्शी र तथ्यपरक आर्थिक कारोबारका लागि अडिट समिति गठन गरिएको छ, छुट्टै स्वतन्त्र विज्ञहरुको टोलीले म्गभ म्ष्ष्निभलअभ ब्गमष्त ९म्म्ब्० गरिरहेको छ । त्यसको रिपोर्ट अन्तिम चरणमा छ ।

 

७ वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न डा. बद्री केसीको नेतृत्वमा विज्ञहरुको समिति गठन गरिएको छ । वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि, पदाधिकारीहरुबाट रु १ करोड भन्दा बढीको सहयोग रकम संकलन भएको छ । रेमिटेन्सको केही अंशबाट राहत कोष निर्माण गर्न राष्ट्रबैंकसँग प्रारम्भिक छलफल भएको छ ।

 

८ व्यवस्थित र सहभागितामुलक निर्वाचन गर्न विधानमा आवश्यक परिमार्जन र परिवर्तन गर्न विशेष महाधिवेशनको तयारी भइरहेको छ ।

 

९ संघलाई अत्याधुनिकरण बनाउन गौरी जोशी नेतृत्वमा ‘स्मार्ट एनआएएन प्रोजेक्ट’ सुरु गरी त्यसको लागि सिष्टम अडिट थालिएको छ । त्यसको अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ ।

 

१० काठमाडौंको मुख्य स्थानहरुमा सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरसँग समन्वय र सहकार्य जारी रहेको छ ।

 


थप समाचार

भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

  • 15 minutes ago
भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

एजेन्सी । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

  • 19 minutes ago
केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् ।

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

  • 23 minutes ago
कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।