IIMS College

ISMT

HUB Education

पोखरामा बस्दै एनआरएनए आइसिसी बैठक, यस्ता छन् ९ मुख्य एजेण्डा

  • मंगलबार, २९ पुष, २०७६
  • 1 week ago
  • युके
गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक पहिलोपटक केन्द्रीय राजधानी काठमाडौंबाहिर बस्दैछ ।
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक पहिलोपटक केन्द्रीय राजधानी काठमाडौंबाहिर बस्दैछ । 

 

यहि जनवरी १८ र १९ का दिन पर्यटकीय नगर पोखरामा बस्ने बैठकले संघको पछिल्लो बैठकका निर्णयहरुको कार्यान्वयनका साथै भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यक्रम छ । 

 

देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधीलाई प्रदेशहरुसम्म पुर्याउन पहिलो पटक संघको बैठक केन्द्रीय राजधानी काठमाडौं बाहिर आह्वान  गरिएको महासचिव डा हेमराज शर्माले बताए ।

 

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले यस वर्ष संघका अन्य गतिविधीहरु पनि नेपाल केन्द्रित गर्ने संघको योजना रहेको जानकारी उनले  दिएका छन् ।

 

महासचिव डा शर्माका अनुसार पोखरा बैठकका मुख्य एजेन्डाहरु निम्नानुसार छन् :

 

१) ’प्रदेशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्नका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित  विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गरिनेछ ।

 

२) संघले अघि सारेका मुख्य विषयहरु (१० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तीको अधिकार,  वैदेशिक रोजगार राहत कोष लगायत) का सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरुसँग छलफल र परामर्श  गरिनेछ । 

 

३) हालसम्म संघको सम्मेलनहरु  विभिन्न होटलहरुमा गरिँदै आइएकोमा दोश्रो विज्ञ सम्मेलन भने काठमाडौं विश्वविद्यालयमा आयोजना गर्नेबारे विश्वविद्यालयका उप–कुलपति लगायतका उच्च–पदाधिकारीसँग भेटघाट गर्ने सम्बन्धमा छलफल गरिनेछ ।  जसले सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितामुलक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।  

 

४) दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय,त्रिभुवन विश्वविद्यालय,पोखरा विश्व विद्यालय,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा बहस गरिनेछ । 

 

५) गैरआवासीय नेपालीहरुको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन गर्न संघको तर्फबाट नेपाल सरकारलाई सुझाव पेश गरिनेछ ।

 

६) वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गरिनेछ । 

 

७) संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डीडीए) गराइएको छ । एमआईएस सिष्टम लगायत सिष्टम अडिट रिपोर्ट पनि तयार हुँदैछ । डीडीए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने विश्वास हाम्रो छ । तसर्थ यस बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबार घनीभूत छलफल गरिनेछ । 

 

८) गत निर्वाचनमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन व्यवस्थित बनाउन ठूलो कसरत गर्नुपरेको थियो । सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ । सोही सम्बन्धमा समेत यो बैठकमा विशेष छलफल गरिनेछ  । अर्कोतर्फ आर्थिक पारदर्शिता तथा निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले संघको विशेष महाधिवेशन बोलाउने निर्णय समेत भइसकेको अवस्थामा विशेष महाधिवेशनको तयारीको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

 

९) पोखरा बैठकमा संघका विभिन्न विभागका प्रमुख र समितिका संयोजकहरुले यस कार्यकालको कार्ययोजनाहरु प्रस्तुत गर्नु हुनेछ । यसको आधारमा वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरिनेछ । संघका समिति र कार्यदलहरुलाई पूर्णता दिईने छ । 

 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।