IIMS College

ISMT

HUB Education

एनआरएनए निर्वाचनः २३ सय ४० मत मत खस्यो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । गर्मागर्मीकाबीच गैरआवासीय नेपाली संघको निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनमा २३ सय ४० मत खसेको छ । कूल २५ सय ७० मतदातामध्ये करिब २ सय ३० मतदानको बेला अनुपस्थित थिए । प्राविधिक गडबडीका कारण भन्दै हिजो साँझ मतदान स्थगित गरिएको थियो । आज विहान १० बजेबाट सुरु भएको मतदान तीन बजेसम्म तोकिएपनि पानी परेका कारण ५ बजेसम्मलाई समय थपिएको थियो । 

 

 “शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । हामी कतिबेला कसरी मतगणना गर्ने भन्ने विषयमा छलफल गर्छौं र त्यसपछि मतगणना सुरु गरिहाल्ने तयारी छ ।” एनआरएनको निर्वाचन गराउन खटिएका प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद रिजालले भने । 

 

कूल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेद्वारी दिएका थिए । त्यसमध्ये केही पदमा निर्विरोध समेत भयो । अध्यक्ष पदमा दुईजनाको मात्र उम्मेद्वारी परेको थियो भने सबैभन्दा बढी उम्मेद्वार उपाध्यक्ष पदमा देखिन्थे । कूल ४ पदका लागि ९ जनाको उम्मेद्वारी थियो ।

खसेको मतमध्ये अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २ सय ११ मत खसेको छ भने अफ्रिकाबाट १६ मत, एशिया प्यासिफिकबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ७०, युरोपबाट ९ सय २० र अमेरिकाज क्षेत्रबाट २ सय ६१ मत खसेको थियो । निर्वाचनका कारण अधिवेशनको समय लम्बिएपछि निर्धारित समापन समारोह स्थगित गरिएको छ । यद्यपि आधिकारिक रुपमा कुनैपनि एनआरएन पदाधिकारीले बोलेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तय भएको थियो ।

 

उम्मेद्वारी दिनका लागि महँगो शुल्क लिएको भन्दै केही उम्मेद्वारले आपत्ति जनाएका थिए । अध्यक्ष पदका लागि १० लाख शुल्क तोकिएको थियो भने अन्य पदमा पनि महँगो नै शुल्क देखिन्थ्यो । एनआरएनको आर्थिक प्रतिवेदन यस अधिवेशनबाट अस्वीकृत भएको छ । एक महिनाभित्र विशेष अधिवेशन गरी पारित गर्ने तयारी छ ।


थप समाचार

'हो म बार्सिलोनामा आत्तिसके'

  • 3 minutes ago
'हो म बार्सिलोनामा आत्तिसके'

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।

‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

  • 26 minutes ago
‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

एजेन्सी । बोलिभियाको राजनीतिले एकाएक नयाँ मोड लिएको छ । चुनावमा निर्वाचित भएका एभो मोरालेसले राष्ट्रपतिले राजीनामा दिएपछि विपक्षी

अंकलसँग बिहे !

  • 34 minutes ago
अंकलसँग बिहे !

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

वर्षको ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

वर्षको  ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

एजेन्सी । सुन्दै आश्चर्य लाग्ने । एकजना यस्ता व्यक्ति छन् जो एक वर्षमा ७ पटक मात्र खानेकुरा खान्छन् । ती श्रीलंकन युवक हुन् । उनको नाम किरबी डे लनेरो हो ।