एनआरएनए स्कटल्याण्डको 'हिल वाक'मा सय भन्दा बढिको सहभागिता

  • बुधबार, १३ चैत, २०७५
  • 1 year ago
  • युके

प्रकाश अर्याल, स्कटल्याण्ड ।  एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल,   स्टर्लिङमा  आइतबार हिल वाक इभेन्ट सम्पन्न गरेको छ ।

 

करिब सय जना भन्दा बढी सहभागिता रहेको   एनआरएनए  स्कटल्याण्डको यो  नौलो इभेन्टले  एनआरएनएप्रति सचेतना जगाउन सहयोग गरेको विश्वास  एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले गरेका छन् । 

 

 'एनआरएनए  स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले  सहभागीहरुमाझ  एनआरएनए  प्रति सकरात्मक भावना जगाउनुको साथै यसले एनआरएनएको सदस्यता तथा संगठन  बिस्तारमा सहयोग पुग्ने विश्वास मैले लिएको छु',  अध्यक्ष   कार्कीले भने ।     

 

हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र  सहयोग संकलन क्रम जारी नै रहेको  अध्यक्ष   कार्कीले जनाए । उक्त कोषबाट  संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गर्ने योजना छ ।  

 

उक्त  हिल वाक शुरु हुनुभन्दा पहिले  एनआरएनए  स्कटल्याण्डका सचिव कृष्ण दाहालले  हिल वाकको विवरणका साथै स्वास्थ्य, सुरक्षाबारे  जानकारी दिएका थिए ।   डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब  दुई  घण्टा लागेको थियो । 

 

 

एनआरएनए यूकेका उपाध्यक्ष ललित न्यौपाने सहित  उक्त कार्यकममा स्कटल्याण्डको विभिन्न स्थानहरु   एडिनबरा, ग्लास्गो, एबर्डिन, फलक्रिक, फाइफ,  पर्थ ,डनफम्लिन  र स्टर्लिङबाट  सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।  

 

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ।  उक्त   इभेन्टमा  अध्यक्ष   कार्कीले  प्रयोजन गरेको भिजिट नेपाल २०२०को प्रचार सामग्री कार  स्टिकर वितरण गरिएको थियो ।

 

एनआरएनए  स्कटल्याण्डका अध्यक्ष   कार्कीले  स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटनमा सहयोग पुग्ने बताए ।

 

एनआरएनए  स्कटल्याण्डले   भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग  समन्वय गरिरहेको कार्कीले जानकारी दिए । 

 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 25 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 38 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।