IIMS College

ISMT

HUB Education

यस्तो बन्यो एनआरएनए यूकेको प्रेस तथा मिडिया विभाग

  • बिहीबार, २ माघ, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रेस तथा मिडिया विभागले पुर्णता पाएको छ । 

 

विभागका प्रमुख एवम् एनआरएनए यूकेका प्रवक्ता रामकुमार गुरुङले विभागमा  संयोजक,  सदस्यहरु र  सल्लाहकारहरु नियुक्त गरेका छन् । 

 

विभाग प्रमुख गुरुङका अनुसार विभागको संयोजकको जिम्मेवारी पत्रकार ध्रुवराज अर्याललाई दिइएको छ । विभागको सदस्यमा पत्रकारहरु बाचस्पति रेग्मी, नरेन्द्र बस्नेत, पुर्ण गुरुङ, जगन कार्की र खेमराज रानाभाटलाई चयन गरिएको छ । त्यस्तै, सल्लाहकारमा वरिष्ठ पत्रकारहरु भगिरथ योगी, नविन पोखरेल र प्रमिला लाबुङ राई मनोनित भएका छन् । 

 

विभागमा संयोजकको जिम्मेवारी पाउने अर्याल नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष हुन् । नेपालीपत्रका सम्पादक उनी अन्नपुर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाताका रुपमा समेत कार्यरत छन् । उनी यसअघिको एनआरएनए यूके मिडिया तथा प्रेस विभागमा पनि सदस्यसचिव थिए । 

 

विभागमा सदस्य मनोनितहरुमध्ये बाचस्पति रेग्मी पत्रकार महासंघ बेलायतका पार्षद हुन् । उनी शितलपाटीन्यूजका सम्पादक पनि हुन् ।

 

त्यस्तै, नरेन्द्र बस्नेत पत्रकार महासंघ बेलायतका उपमहासचिव तथा रातोपाटी अनलाइनका बेलायत संवाददाता हुन् । पुर्ण गुरुङ र जगन कार्की दुवै पत्रकार महासंघ बेलायतका सचिव हुन् । गुरुङ एभरेष्ट टाइम्स यूके र नागरिकखबर अनलाइनसंग आबद्ध छन् भने कार्की साउथ एशिया टाइम अंग्रेजी अनलाइनका सम्पादक हुन् । 

 

त्यसैगरी, विभागको सदस्य मनोनित भएका खेमराज रानाभाट पत्रकार महासंघ बेलायतका कार्यसमिति सदस्य, प्रेस युनियन बेलायतको उपाध्यक्ष तथा नेपाली वेभ अनलाइनका सम्पादक हुन् ।  

 

विभागको सल्लाहकारमा मनोनित हुने भगिरथ योगी लामो समय बिबिसीमा आबद्ध रहेका वरिष्ठ पत्रकार हुन् । उनी पत्रकार महासंघ बेलायतमा सल्लाहकार छन् । 

 

त्यस्तै, अर्का सल्लाहकार नविन पोखरेल कान्तिपुर दैनिक र कान्तिपुर टिभिका बेलायत संवाददाता हुन् । झण्डै डेढ दशकदेखि बेलायतमा सक्रिय उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । 

 

सल्लाहकारमा मनोनित प्रमिला लावुङ राई फोनिज यूकेकी अध्यक्ष हुन् । बिजिडब्लुएस रेडियोमा कार्यरत उनी पत्रकार महासंघ बेलायतमा पनि पार्षद छन् ।

 

विभागका प्रमुख एवम् एनआरएनए यूके प्रवक्ता रामकुमार गुरुङले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको प्रतिनिधिमुलक सहभागितामा विभाग बिस्तार गरिएको बताए । 

 

विभागको सिंगो टिम र सल्लाहकार समेतको सहभागितामा छिट्टै एक बैठक गरी भावी कार्ययोजना तय गरिने उनले जानकारी दिएका छन् । 

 


थप समाचार

सुनसान पशुपति

  • 5 minutes ago
सुनसान पशुपति

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलन नदिनको लागि सरकारले लकडाउन गरेको लामो समय भइरसकेको छ । यस समयमा अत्यावशेक कामबाहेक अन्य कामको शिलशिलामा मानिसहरु बाहिर निस्केका छैनन् । सोही कारणले

झोलुङ्गे पुलमा काँढेतार लगाइ दिएपछि...

  • 6 minutes ago
झोलुङ्गे पुलमा काँढेतार लगाइ दिएपछि...

जुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् ।

अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न निर्देशन

  • 10 minutes ago
अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न निर्देशन

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।