पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई नगदसहित सम्मान गरिने

  • शुक्रबार, २२ भदौ, २०७५
  • 7 months ago
  • खेल

इण्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ तर्फ ऐतिहासिक रजत पदक विजेता खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गर्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको निर्णयले खेलाडी तथा अफिसियललाई सम्मान गर्ने निर्णय गरेका हुन् ।

 

नेपालले २० वर्षपछि प्याराग्लाइडिङ पुरुष क्रसकन्ट्री टिम इभेण्टमा रजत पदक जितेको हो । जापानसँग २७ अंकले पछि पर्दै रजतमा चिक्त बुझाएको नेपाली टिम एकसाता अघि मात्रै नेपाल फर्किएको थियो । संघीय सरकारले पदक विजेता खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरे लगत्तै पोखरा ओर्लिएको टोलीलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो ।

 

सरकारले खेलाडीलाई पाँचलाख, प्रशिक्षकलाई ३ लाख र व्यवस्थापकलाई डेढलाख रुपैयाँ उपलब्ध गराएको थियो। नेपाली टिमका कप्तान विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विशाल थापा र विजय गौतमले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकमा योगेश भट्टराई, सानोबावु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत थिए ।

 

महिला तर्फ त्रिशा श्रेष्ठ, सविता तामाङ र प्रतिभा भुजेलले सहभागिता जनाई स्वदेश फर्किएका थिए । महिला तर्फ नेपाली टिमले उत्साहजनक प्रदर्शन भने हुन सकेन् ।

 

गण्डकी प्रदेश सरकारले पदक विजेता खेलाडीलाई जनही नगद १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै प्रशिक्षक र व्यवस्थापकलाई नगद २५–२५ हजार रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको छ । दुई दिन अघि मात्रै पोखरेलीले पदक विजेता खेलाडीलाई ‘राष्ट्रिय हिरो’ लेख्दै नगरपरिक्रमा गराई नागरिक अभिनन्दन गरिएको थियो ।

 

जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा नेपाल हवाई खेलकुद संस्था (ना)को संयुक्त आयोजनामा विमानस्थल उत्रिएलगत्तै खेलाडी तथा अफिसियललाई नगरपरिक्रमा गराउँदै नागरिक अभिनन्दन गरिएको थियो । त्यसपछि पोखरा रंगशालामा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतको उपस्थितिमा विभिन्न संघसंस्थाले दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको थियो ।

 

नेपाल भुतपुर्व खेलाडी मन्चले नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । परिषदका पुर्व सदस्य राजेश गुरुङले खेलाडीलाई जनही १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । प्याराग्लाईडिङ पाईलट खेलकुद क्लब, पर्यटन व्यवसायी, कास्की जिल्ला टेनिस संघ, कास्की जिल्ला व्याडमिन्टन संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्की लगायत विभिन्न संघसंस्थाले सम्मान गरेका थिए ।

 

पोखराबाट २० वर्ष अघि शुरु भएको प्याराग्लाइडिङले २० वर्षपछि नै रजत पदक जितेर फर्किएको हो । सराङकोटमा वर्षेनी आयोजना हुने प्याराग्लाईडिङ प्रतियोगिताले पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने सम्भावनाको स्तरसम्म पुर्याएको नेपाल हवाईखेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले बताए । उनले पोखरालाई साहसिक खेलकुदको गन्तव्यवस्थल बनाउन प्याराग्लाइडिङको भूमिका अझ गहन हुदैं गएको उनको भनाई थियो ।

 

वर्षेनी खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्दै आएको पोखरामा केही वर्षयता प्याराग्लाइडिङको वल्र्डकप गर्ने योजना व्यवसायी एवं कम्पनीले गरेका छन् ।

 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुद पत्रकार मन्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरामा प्याराग्लाईडिङको वल्र्डकप गर्ने तयारी गरिएको सुनाएका थिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पनि पोखरामा प्याराग्लाइडिङ खेलको विकास र विस्तारको लागि आवश्यक पुर्वाधार निर्माणमा सरकारको चासो रहने बताएका थिए ।


थप समाचार

के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

  • 11 minutes ago
के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ ।

कोशकार नेपालको निधन

  • 18 minutes ago
कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा

  • 25 minutes ago
प्रधानमन्त्रीलाई कालो झण्डा

रुपन्देही । रुपन्देहीको जितगढीमा विजयोत्सव मनाउन गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज कालो झण्डा देखाइएका छ । अर्घाखाँचीका एक व्यक्तिले प्रधानमन्त्री भाषण गरिरहेको बेलामा कालो झण्डा देखाइएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।