प्याराग्लाईडिङको तेस्रो राउण्ड सकिदाँ नेपाल चौथो स्थानमा

  • मंगलबार, १२ भदौ, २०७५
  • 2 months ago
  • खेल

पोखरा । १८ औ एशियाडमा प्याराग्लाइडिङमा गरिएको पदकको आशा कमजोर बन्दै गएको छ । तेस्रो राउण्डमा उत्कृष्ठ प्रदर्शन गरेपनि अन्तत नेपाल पुरुष क्रसकन्ट्री टिम इभेण्टमा चौथो स्थानमा झरेको छ । अघिल्लो दुईदिनको भन्दा राम्रो प्रदर्शन गरेको नेपाली टिमले तेस्रो राउण्डमा २८४४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । तर समग्रमा ५७९३ अंकसहित चौथो स्थानमा झर्न पुग्यो ।

 

अफिसियल शैलेन रावतका अनुसार तेस्रो दिनको टास्कमा कप्तान विमल अधिकारीले ८६५ अंक जोड् । विजय गौतमले २४६, युकेश गुरुङले ८९१ र विशाल थापाले ८४२ अंक जोड्का थिए । महिला तर्फको प्रतिस्पर्धामा भने नेपाली टिम छैटौं स्थानमा पुगेको छ ।

 

इण्डोनेसियाले शीर्षस्थानमै छ । उनले तेस्रो राउण्ड समाप्तीसम्म आईपुग्दा ६३०८ अंक छ । दोस्रो स्थानमा जापान उक्लिएको छ । जापानले पनि ६०६१ अंक जोड्यो । सोमबारको तेस्रो राउण्डमा जापान भने ३२९६ अंक जोडेपछि दोस्रो स्थानमा उक्लिन सफल भएको हो । कोरियाले तेस्रो स्थानमा पुगेको छ । तेस्रो राउण्डको टास्क सकिदाँ २६१९ अंक जोड्दै तेस्रो स्थानमा रहदाँ नेपाल भने दोस्रो राउण्डमा खराब प्रदर्शनले तल झर्न बाध्य भयो ।

 

महिला तर्फ भने नेपाली टिम पाँचौ स्थानमा छ । दोस्रो राउण्ड सकिदाँ राउण्ड सकिदाँ नेपालले ३५३ अंक जोड्दै पाँचौ स्थानमा झनै पुग्यो । कोरियाले दोस्रो राउण्डमा ४०८ अंक जोड्दै शीर्षस्थानमै छ । जापान दोस्रो स्थानमा रहने क्रममा दोस्रो राउण्डमा ४०५ अंक बटुल्यो । इण्डोनेसियाले आईतबारको दोस्रो राउण्डमा भने ५०३ अंक जोडेपनि तेस्रो स्थानमै रहेको छ ।

 

इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् । मंगलबार उनीहरुले अन्तिम प्रतिस्पर्धा गर्ने छन् ।


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 4 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 6 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 8 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।