IIMS College

ISMT

HUB Education

संसदमा चट्याङकाे कारण खाेज्नुपर्ने मागदेखि भिडियाे कन्फरेन्समाथि उठाइयाे प्रश्न

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते र १७ भन्दा चौपाया मृत्यु भएको तर्फ सदनको ध्यानाकर्षण गराएका छन् । 

 

उनले भने, ‘चट्याङबाट विशेष गरी अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्र बढी पीडित छ । तत्काल भूगर्भविद् पठाई के कारणले सो क्षेत्रमा चट्याङ पर्‍यो, जानकारी दिनुपर्‍यो । नियन्त्रणमा कार्ययोजना ल्याउनुपर्‍यो । जोगिन जनचेतनाका कार्यक्रम सञ्चालनसमेत गर्नुपर्‍यो ।’

 

सांसद राधेश्याम अधिकारीले सिङ्गापुरमा स्वास्थ्योपचार गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेकोमा सरकारको गोपनीयता धरापमा परेको टिप्पणी गरे । उनले भने, ‘भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो ?’ 

 

सांसद वृषेशचन्द्र लालले संसदीय गतिविधिप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्दै भूमिसम्बन्धी ऐनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रीले सदनमा गलत सूचना दिएको बताए । उनले भने, ‘राज्यशक्तिको बाँडफाँट संविधानअनुसार हुनुपर्छ ।’

 

सांसद नैनकला ओझाले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न तथा सरकारी अस्पतालमा बिग्रेका उपकरण मर्मतमा ध्यान दिन आग्रह गरिन् । उनले भनिन्, ‘सरकारी अस्पतालका उपकरण बिग्रेका कारण जनताले दुःख पाइरहेका छन् तर मन्त्रालयले ध्यान दिएको छैन ।’

 

सांसद अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार भएको साङ्घातिक हमलाको निन्दा गर्दै आक्रमणकारीमाथि किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ नगरेकामा सरकारको ध्यानाकर्षण गराइन् ।

 

उनले भनिन्, ‘प्रतिष्ठानको पूर्वाधारमा सरकारले ध्यान गएको छैन । रु. दुई करोडले के बन्छ ? सरकारले आफ्नो गोपनीयतामा ध्यान दिनुपर्‍यो ।’

 

सांसद रामनारायण बिँडारीले सूचना प्रविधिबाट सरकारको गोपनीयता नजाने विचार राख्दै अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले सिङ्गापुरबाट मन्त्रिपरिषद् बैठक बस्नु स्वागतयोग्य कुरा भएका बताए । उनले भने, ‘भिडियो कन्फ्रेन्सको विरोध गर्नु कुनै औचित्य छैन ।’

 

डेङ्गु नियन्त्रण गर्न माग

 

शून्य समयमा सांसद उदया शर्मा पौडेलले लामखुट्टेका कारण डेङ्गु रोगको प्रकोप देशभरि फैलिँदा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको काम प्रभावकारी नदेखिएको बताउँदै तत्काल लामखुट्टे नियन्त्रणका लागि ध्यान दिन आग्रह गरिन् । 

 

उनले भनिन्, ‘सरकारले लामखुट्टेको टोकाइबाट जोगिन  वितरण गर्न मगाएको झुल भन्सार कार्यालयमा रोकिएको छ भन्ने सुनेको छु, यो के भएको हो ? जवाफ दिनुप¥यो । जनचेतनाका कार्यक्रम ल्याउनुपर्‍यो ।’

 

सांसद खेमकुमार विश्वकर्माले नेपाल भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिँदै तीनकुनेको खुला चौरमा आकर्षक बगैँचा निर्माण गर्न सुझावसमेत दिए ।

 

सांसद चक्रप्रसाद स्नेहीले कानून सबै जनताका लागि समान हुने बताउँदै भीडतन्त्रले कानूनलाई हात लिने काम रोक्न सरकारले ध्यान दिनुपर्ने बताए ।


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 8 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 9 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 10 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।