Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन


काठमाडौँ। राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। शुक्रबार बिहान राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको हो।

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो। प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत थिएन।

अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको मिश्रले जानकारी दिए।

राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको र उनले शारीरिक अस्वस्थता महसुस गरेका थिए। केही महिनाअघि मात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए।

५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT