पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • बिहीबार, २१ भदौ, २०७५
  • 4 months ago
  • अर्थ

काठमाडौं । नेपाल आयल निगमको संचालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो । 

 

समितिको बैठकले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

 

नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८–९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।

 

मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ३६ पैसा तथा डिजेल र मट्टितेलमा ४९ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा रहेको निगमको भनाइ छ ।

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।