डन्डिफोर हटाउने प्राकृतिक उपाय

प्रतिकात्मक तस्बिर

काठमाडौं । डन्डिफोरले छालाको सुन्दरतामा कमी ल्याउँछ । त्यसैले डन्डिफोर निको पार्न विभिन्न प्रकारका औषधि प्रयोग गरिन्छ । कतिपयलाई निको हुन्छ, कतिपयलाई जतिसुकै प्रयास गरे पनि हुन्न । तर, औषधिले निको भएन भन्दैमा निराश हुनुपर्ने कारण छैन, घरेलु विधिबाट पनि यसको समाधान खोज्न सकिन्छ ।

 

–जहाँ पनि पाउन सकिन्छ मह । यसले अनुहारमा भएका डन्डिफोरलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, यसबारे धेरैलाई उति धेरै थाहा नहुन सक्छ । तपाईंको अनुहारमा जुन ठाउँमा डन्डिफोर छ, त्यो ठाउँमा मह दल्नुहोस् । झन्डै १० मिनेटजति राखेर सफा पानीले धुनुहोस् । डन्डिफोरको समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

 

–केरा खान मात्रै होइन, अरू हिसाबले पनि गुणकारी फल मानिन्छ । केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ । यसबाहेक मह, दहीसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ । लगाएको केही समयपछि पानीले धुनुपर्छ ।

 

–एक कप पानीमा ल्वाङ राखेर उमाल्नुहोस् । उमालिसकेपछि केहीबेर राखेर चिस्याउनुहोस् र ल्वाङलाई मिचेर डन्डिफोर आएको ठाउँमा दल्नुहोस् । झन्डै आधा घन्टा राखेर चिसो पानीले धुनुहोस् ।

 

–सायद यो कुरा धेरैलाई थाहा छ, डन्डिफोर आएको छ भने कागतीको रस लगाउनुपर्छ । तर, ध्यान दिनुहोस्, कागतीको रस सीधै अनुहारमा लगाउँदा पोल्ने डर हुन सक्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुहोस् ।

 

–गोलभेँडाको मद्दतबाट पनि डन्डिफोर हटाउन सकिन्छ । गोलभेँडाको रसलाई डन्डिफोर आएको ठाउँमा लगाएर झन्डै आधा घन्टापछि सफा पानीले धुनुभयो भने डन्डिफोर हराउँछ ।


थप समाचार

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

  • 12 minutes ago
बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आ

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

  • 18 minutes ago
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 46 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।