Techie IT
२०८२ वैशाख ३०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने

एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने


विराटनगर। नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ। सोमबार बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेको बताए।

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयोग गर्ने, दुधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतको निर्णय गरेको भण्डारीले बताए।

कोशीका मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’,…

काठमाडौँ । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

Techie IT