प्रमोद खरेलको प्रस्तुतिप्रति रक गायकको कटाक्ष ‘अब हामी वनबास जाऔं’

काठमाडौँ । नेपाली आधुनिक गीत संगित तथा पाश्र्व गायनमा चर्चित नाम हो प्रमोद खरेल । गायक खरेलको गेटअप हेर्दा उनी रक स्टार जस्ता देखिन्छन् । उनको लवाई तथा कपाल कुनै रक स्टारको भन्दा कम छैन । 

 

उनै खरेल एक स्टेज शोमा प्रस्तुत भएर चर्चित गीत ‘म बिना कसै कसैलाई’ प्रस्तुत गरिरहँदा रक स्टारले जस्तै गरेर हल्लिैदै गीत प्रस्तुत गरे । झुम्दै ‘हेड ब्याङ’ पनि गरे । आधुनिक गीत गाइरहेको बेला शैली चाँही रक स्टारको जस्तो ! भन्ने प्रश्न अहिले खरेलमाथि उठेको छ । ‘नेपाली टिकटक’ भन्ने एउटा इन्स्टाग्राममा उनको प्रस्तुतिको छोटो अंश राखिएको छ । सोही क्लिपलाई चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’का भोकलिस्ट स्वप्निल शर्माले आफ्नो फेसबुकमा शेयर गर्दै क्याप्सनमा लेखेका छन् ‘मा कस्सम’ । उनले सकारात्मक वा नकारात्म तरिकाले गायक खरेलको प्रस्तुतिलाई लिगेका हुन् त्यो खुलेको छैन । उनको पोष्टम आएका कमेन्टहरुमा पनि यही प्रश्न आएको छ । 

 

संगितकर्मी अभिसेक एस मिश्र (एएसएम)ले शर्माको पोष्टमा कमेन्ट गरेका छन् ‘७८ औं जिल्ला’ । त्यस्तै, सांगीतिक समूह ‘टम्बलविड इन्क’का सदस्य शरद श्रेष्ठले चाँही खरेलप्रति व्यंग्य नै प्रहार गरेका छन् । उनले कमेन्टमा लेखेका छन् ‘हा हा हा स्वप्निल । हरिप हो । अब हामी वनबास जाऔं ।’ टिकटकमा आएको केही कमेन्टमा गायक खरेललाई आधुनिक  गीत गाउन छोडेर रक गाउन सुझाएका छन् । कतिपयले भने सामान्य भएको बताएका छन् ।

 


थप समाचार

‘निसर्ग’ आँधीबाट भारतमा दुई जनाको मृत्यु, तीन जना घाइते

  • 2 minutes ago
‘निसर्ग’ आँधीबाट भारतमा दुई जनाको मृत्यु, तीन जना घाइते

एजेन्सी । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भव

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 12 minutes ago
भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

  • 19 minutes ago
दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

सउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।