विश्वकै महँगो खेलाडी भएर पनि दुःखी छन् नेयमारः पिएसजी आउनु 'निल्नु न ओकल्नु'

  • सोमबार, २८ माघ, २०७५
  • 2 months ago
  • खेल

यो वर्ष सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो । फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो ।

 

तर, नेयमारले बार्सिलोना छोड्ने मनस्थिति बनाएपछि क्लबले उनलाई रोक्न चाहेन । लिग सिजन सुरुवात हुनुअघि नै वाइ–आउट क्लज तिर्दै पिएसजीले नेयमारलाई अनुबन्ध गर्यो । यो ट्रान्सफरसँगै उनी विश्वकै महँगा खेलाडी समेत भए । केही वर्ष पिएसजीले विश्वका उत्कृष्ट खेलाडीहरु आफ्नो क्लबमा अनुबन्ध गर्दै आइरहेको छ । यसको पछिल्लो उदाहरण हुन् नेयमार । युरोपका प्रतिष्ठित उपाधि जित्ने उसको लक्ष्य रहेको छ । 

 

विश्वकै महँगा खेलाडी नेयमारको सफलताको यात्रा

 

व्यवसायिक फुटबल खेलाडी नेयमार फरवार्ड लाइन वा विइगर दुवै स्थानबाट खेल्न सक्छन् । उनको पेश पनि उच्च रहेको छ । ब्राजिलको राष्ट्रिय टोली र हाल पिएसजी क्लबमा आवद्ध भएका उनलाई लालिगामा पनि राम्रै सफलता मिलेको थियो । सन् १९९२, ५ फ्रेबअरी, मोगी डास क्रुजेज, साओ पाउलोमा जन्मिएका नेयमार युथ टिम पोर्चुगुइसा सानिस्टाबाट खेल्न सुरु गरे । उनको ट्यालेन्ट देखेर सान्टोस एफसीले उनलाई आफ्नो क्लबमा ल्याउने मनसाय बनायो । तर, केही समय पश्चात नेयमारको परिवार नै सान्तोस सर्ने निर्णय गर्यो । अन्ततः नेयमार सन्तोस क्लबमा आवद्ध भए । 

 

१४ वर्षको कलिलो उमेरमा नेयमारले रियल मड्रिडको भ्रमण गर्ने मौका पाए । रियलबाट उनी फुटबल खेल्न चाहन्थे । तर, उनलाई बोनसको अफर गरेपछि सान्तोसमा नै रहने निर्णय गरे । उनले खेल्ने समय पनि अधिक पाउन थाले । यसले उनको खेल्ने शैलीलाई परिष्कृत गर्यो । 

 

मार्च ७, २००९ मा उनले ओस्टेविरुद्धको खेलमा डेब्यु गरे । उनी त्यतिखेर १७ वर्षका मात्र थिए । पहिलो सिजनमा उनलाई सबै गरेर ४८ वटा खेल खेल्ने मौका दिइयो । 

 

उनले उक्त सिजनको भरपुर उपयोग गर्दै क्लबका लागि १४ महत्वपुर्ण गोल गरे । 

 

सन् २०१० मा नेयमारको चर्चा तब चुलियो जब उनले १९ खेलमा १४ गोल गर्दै क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेले । 

 

‘बेस्ट पर्फमेन्स’ दिएका कारण उनी त्यस सिजन लिगको उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल रहे । 

 

त्यसपछि उनलाई किन्न विश्वका चर्चित र धनी क्लबहरु लागि नै परे । तर, सान्तोसले उनलाई रोकेर राख्यो । उनलाई दिने सेवा सुविधामा ५० प्रतिशत वृद्धि गरियो । युरोपियन क्लबले दिने सुविधा उनले पाउन थाले । 

 

सन् २०११ मा पनि उनले क्लबलाई क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन सफल रहे भने फिफा क्लब वल्र्डको फाइनलमा समेत पुर्याउन सफल रहे । सन् २०११ मा उनको योगदानको कदर गर्दै उनलाई ‘साउथ अमेरिकन फुटबल अफ द इयर अवार्ड’ बाट सम्मानित गरियो । 

 

सन् २०१२ मा पनि पुन सोही अवार्डबाट उनी सम्मानति भए । 

 

२० वर्षको उमेरमा उनले क्लबका लागि १०० गोल गरे । हाल उनी ब्राजिलका नम्बर वन खेलाडी भएको र उनको कला कौशल उत्कृष्ट खेलाडीहरुमध्ये रहेको फुटबल पण्डितहरुको बताए । 

 

सन् २०१७, जुन २७ मा उनले बार्सिलोना जाने निर्णय गरे । पाँच वर्षको सम्झौता गर्दै ५७ मिलियन युरोमा उनी बार्सिलोना गए । युरोपियन उपाधिका लागि खेल्ने उनको सपना पुरा भयो । बार्सिलोनामा उनले लियोनल मेस्सी, एद्री इनिएष्टा, जाभी हर्नानडेज, पिक्यु जस्ता विश्वकै उत्कृष्ट खेलाडीको साथ पाए । 

 

सन् २०१० मा अमेरिकाविरुद्धको खेलमा नियमारले राष्ट्रिय टोलीबाट डेब्यु गरे । पहिलो खेलमा नै उनलाई सफलता मिल्यो । उनले २८ औ मिनेटमा सानदार गोल गरे । उनी राष्ट्रिय टोलीमा लगातार पहिलो रोजाइको खेलाडी बन्न पुगे । सन् २०१२ मा भएको ओलम्पिक खेलमा उनले राष्ट्रिय टोलीबाट तीन गोल गर्दै सिल्भर मेडल जिताउन सफल रहे । 

 

सन् २०१३ मा भएको कन्फेडेरेशन कपमा उनीमाथि ठुलो दबाब रह्यो । तर, उनले  आफ्नो जिम्मेवारी निकै राम्रोसँग बुझेका थिए । उनले उक्त कपमा चार गोल गरे । उनको खुसीको क्षण त्यतिखेर आयो जब उनले ‘गोल्डेन बल अवार्ड फर द बेस्ट प्लेयर’ को उपाधि जिते । 

 

आज उनी एक सफल खेलाडी बनिसकेका छन् तर खुसी हुन सकेका छैनन् । उनको अपेक्षा भनेको मेस्सी र रोनाल्डोले जितेको बेलोन डि’ओरको उपाधि जित्नु हो । बार्सिलोनामा रहँदा लियोनल मेस्सीको ओझेलमा परेको अनुभत गरेका उनले अन्तत पिएसजी जाने अन्तिम निर्णय गरेका थिए । पिएसजीमा आएपछि उनी खुसी हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

उनी पिएसजीमा आएपछि घाइते पनि उत्तिकै भएका छन् । २१ खेलमा १८ गोल गरेका उनी तीन महिनाका लागि मैदान बाहिर रहेका छन् । पछिल्लो समय पिएसजीमा खुसी नभएका उनी रियल मड्रिड जाने हल्ला पनि उत्तिकै रहेको छ । यस सिजनको अन्त्यमा उनले आफ्नो भविष्य कुन क्लबमा देख्नेछन् सोही क्लबमा जाने समेत बताइएको छ । 

 

पिएसजी आउनु उनलाई निल्नु न ओकल्नु भएको मिडिया रिपोर्टमा उल्लेख छ । बार्सिलोना समेत फर्कन चाहेको खबर बाहिर आइरहँदा उनी भने मौन रहेका छन् । बार्सिलोनाले उनीबारे केही पनि बोल्न रुचाएको छैन । उनी आफ्नो निर्णयले बार्सिलोना छोडेका हुन्, बार्सिलोना छोडेपछि उनीसँग कुनै पनि संवाद नभएको बार्सिलोना प्रमुख बार्तेमोउले बताएका थिए ।


थप समाचार

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 8 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर

रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

  • 14 minutes ago
रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

पाेखरा । पोखरा अन्तराष्ट्रिय विमान स्थलको काम तिब्रताका साथ अगाडि बढी रहेको छ । पछिल्लो रिपोर्ट अनुसार हालसम्म विमानस्थलको ३० प्रतिशत काम सकिसकेको छ । हाल एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भव

नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

  • 24 minutes ago
नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

काठमाडौँ । ७० वर्षको नेपाली कम्युनिष्टको यात्रामा आज देशभर विभिन्न उत्साहमुलक कार्यक्रम भइरहेका छन् । २००६ वैशाख ९ मा पुष्पलालको नेतृत्वमा स्थापना गरेको नेपाल



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।

विचित्र विश्व

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।